प्रस, वीरगंज, ८ पुस/
बहुदरमाई नगरपालिका अहिले अशान्त भएको छ । पछिल्लो घटनाक्रममा विद्यार्थीहरूले अर्धवार्षिक परीक्ष्Fाको लागि नगरपालिकाले वातावरण तयार नगरेको भन्दै पुस ५ गते शुक्रवार नगरपालिका कार्यालयको फर्निचरलगायतका सामानमा आगजनी गर्दै लाखौंको क्षति पु¥याएका थिए ।

अहिले यो घटनाक्रममा बहुदरमाई नपाका प्रमुख सिंगासन साहले प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाका कारण नगरपालिकामा अशान्ति फैलाउने काम भएको आरोप लगाउँछन् भने उपप्रमुख सुषमा कुशवाहालगायतका जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको बचाउमा छन् ।

सङ्घीय मामिला तथा स्थानीय प्रशासनमन्त्री राजकुमार गुप्ताका स्वकीय सचिव शिव पटेल सोमवार बहुदरमाई नपामा गएर नगरप्रमुख साहका कारण नगरपालिकामा बेथिति बढेको आरोप लगाए । पटेल यो नगरपालिकामा २०७९ को स्थानीय निर्वाचनमा नगरप्रमुखका प्रत्यासी थिए । उनले नगरप्रमुखले सबै कार्य आफन्तहरूमार्फत गराउन खोजेका कारण प्रमुख प्रशासकीय अधिकृतसँग असमझदारी बढेको र बेथितिले प्रश्रय पाएको आरोप लगाए ।

यता नगरप्रमुख साहले आजै नेपाल पत्रकार महासङ्घ, पर्सामा पत्रकार सम्मेलन गरेर बहुदरमाईमा बेथिति बढ्नुमा प्रमुख प्रशासकीय अधिकृत मुस्तुफा र निजलाई संरक्षण दिने मन्त्री गुप्ता कारण रहेको आरोप लगाए । उनले छ महीना अगाडिदेखि बहुदरमाई नपामा असहजता बढ्दै गएको र सोको फाइदा उठाएर प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले काम गर्दै आएको आरोप लगाए । उनले आफूले गलती गरेको भए सोको छानबीन गरेर सजाय भोग्न तयार भएको भन्दै मन्त्री गुप्ताको संरक्षणमा मुस्तुफाले बहुदरमाईमा गलत कामलाई बढावा दिएको आरोप लगाए ।

विद्यार्थीहरूले नपाका फर्निचर जलाउनुमा पनि शिक्षकलगायतका व्यक्तिहरूको संरक्षण रहेको र उनीहरूको उक्साहटमा विद्यार्थीहरूले लाखौंको क्ष्Fति पु¥याएको बताए । बहुदरमाई नपामा छ महीनादेखि विवाद बढेको छ । आर्थिक वर्ष शुरू हुनुअगाडि नगर अधिवेशनको विषयलाई लिएर विवाद बढेको थियो र समयमा अधिवेशन नभई पाँच महीनापछि कात्तिक ८ गते अधिवेशन सम्पन्न भएको थियो ।

सोही क्रममा स्वास्थ्यकर्मीहरू नियुक्त गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतले एकलौटी नाम प्रकाशन गरेको भन्दै नगरप्रमुखले नगरसभाको निर्णय प्रमाणीकरण गरेका छैनन् र अहिलेसम्म त्यसलाई थाती राख्दा नपाको खाता सञ्चालनमा हुन नसक्दा अहिलेसम्म शिक्ष्Fक, कर्मचारीले तलब पाएका छैनन् भने ठेकेदारले भुक्तानी पाएका छैनन् । विकास निर्माणको काम पनि ठप्प छ । आर्थिक अभावमा नपाका सम्पूर्ण कार्य प्रभावित छन् । शैक्षिक संस्थाहरू बन्द छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here