प्रस, परवानीपुर, ७ पुस/
मङ्सिर ५ गते राति बारामा भएको राजकुमार रूम्बाको हत्या घटनालाई लिएर मृतकका आफन्तजनले इलाका प्रहरी कार्यालय, सिमरा घेराउ गरेका छन् ।
घटनालाई सूक्ष्म अनुसन्धान गरी अगाडि बढाउनको लागि कारधनी एवं राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निरीक्ष्Fक श्रीकान्त तिवारीलाई पक्राउ गर्नुपर्ने माग राख्दै आफन्तजन इप्रका, सिमरा घेराउ गर्न पुगेका थिए ।
हिजो अपराह्नदेखि नै इप्रका, सिमरा घेराउ गर्दै आफन्तजनले हत्या गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । आफन्तजनले इप्रका, सिमरा घेराउ गरेका कारण शवको शल्यपरीक्षणसमेत हुन सकेको छैन । हतियार प्रयोग गरी हत्या गरिएका बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१ सुकुमबासीटोल बस्ने ४१ वर्षीय राजकुमार रूम्बाको शव दुई दिनदेखि नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।
नारायणी अस्पतालका चिकित्सक डा अजीत साहका अनुसार शल्यपरीक्ष्Fण गर्न आफन्तजनको जाहेरी प्रहरीमा नपर्दा र जिल्ला प्रहरी कार्यालयबाट पत्र र आफन्तजन नआउँदा शल्यपरीक्ष्Fण नगरेको बताए । इप्रका, सिमरामा वार्ताबाट निकास निकाल्ने सहमति भएको र आजै अबेर रातिसम्म शल्यपरीक्ष्Fण गरेर सदगत गर्ने सहमति भएको इप्रका, सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
महोत्तरी घर भई बारा जिल्लामा अनुसन्धान निरीक्षकको दरबन्दीमा कार्यरत श्रीकान्त तिवारीलाई जबसम्म पक्राउ गरेर अनुसन्धान अगाडि बढ्दैन, तबसम्म आन्दोलन फिर्ता नलिने आफन्तजनले बताएका छन् । बारा प्रहरीले अनुसन्धान निरीक्ष्Fक तिवारीलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएको छ ।
बाग्मती प्रदेश ०१–२८च–७६१६ नम्बरको नेटा कम्पनीको इभी कार अनुसन्धान निरीक्ष्Fक तिवारीकै भएकोले सो घटनामा उनको संलग्नताको दाबी आफन्तजनले गर्दै आएका छन् । सिमरा विमानस्थलको प्रहरी युनिटमा कार्यरत भान्से (कास) रूम्बा छ वर्षदेखि सो स्थानमा कार्यरत थिए भने तिवारी पनि प्रायः विमानस्थलमैं बस्ने गरेको बुझिएको छ ।
दुवैजनामा नजीकको मित्रता भएको र रूम्बा कहिलेकाहीं उनको गाडी लिएर घर पनि जाने गरेका थिए । दुवैको बीचमा आर्थिक लेनदेनको विषयमा विवाद हुँदा सो घटना घटेको आशङ्का पनि गरिंदैछ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रकाश सापकोटाले रूम्बाको हत्या घटनामा सूक्ष्म अनुसन्धान भइरहेको बताए । रूम्बाको टाउकोमा धारिलो हतियार प्रहार गरिएको हो वा गोली प्रहार गरिएको हो शल्यपरीक्ष्Fणपछि खुल्ने उनले बताए । उनले घटनाबारे एक/दुई दिनमैं पत्रकार सम्मेलन गरी जानकारी गराउने बताए ।