प्रस, निजगढ, ७ पुुस/
बकैया खोलाबाट अवैधरूपमा ढुङ्गा निकाली निजगढ नगरपालिका वडा नं ४ कछडिया बस्ती आसपास थुपारिएको ढुङ्गा जफत गरी ठेक्का लगाउने निर्णय गरेको दुुई साता नाघे पनि कार्यान्वयनमा ल्याउन निजगढ नगरपालिकाले अहिलेसम्म चासो देखाएको छैन ।

करोडौं मूल्यको ठूलो परिमाणमा थुपारिएको ढुङ्गालाई कानूनी प्रक्रियाविना वैध बनाउँदै ठेकेदारमार्पmत धमाधम निकासी भइरहेपछि पटकपटक समाचार प्रकाशित गरेसँगै अन्ततः जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुुमार साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख राजीवकुमार झा, जिल्लास्थित सुुरक्षा प्रमुुखसहितको टोलीले गत मङ्सिर ७ गते ढुङ्गा भण्डारण गरिएको क्षेत्रको अनुुगमन गरी निजगढ नपालाई सो ढुङ्गा जफत गर्न निर्देशानात्मक पत्राचार गरेको थियो ।

अवैध कार्यलाई निरुत्साहित गर्नुपर्ने निजगढ नपाले जिल्ला अनुगमन समितिको निर्णय कुर्दै पर्ख र हेरको रणनीति अपनाउँदै आइरहेको थियो । गत मङ्सिर २१ गते बिहान बसेको निजगढ नगर कार्यपालिकाको बैठकले अवैधरूपमा थुपारिएको नदीजन्य पदार्थ ढुङ्गालाई जफत गरी पाँच दिनभित्र यकीन परिमाण निकाली ठेक्का लगाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिएका थिए । निजगढ नपाका इन्जिनीयर रूपेश यादव, प्राविधिक नवीन खनाल, प्रभात मण्डलसहितको प्राविधिक टोलीले गत मङ्सिर २४ गते सोमवार ढुङ्गाको परिमाण निकाल्ने कार्य गरिए पनि ढुङ्गा तस्कर गिरोहलाई संरक्षण हुनेगरी नापजाँच कार्य भएको बताइएको छ ।

ठेकेदार कम्पनीको घाटगड्डीस्थल भन्दै नेपाल क्रसर उद्योग, फूटबल रङ्गशालालगायत आसपासमा अवैधरूपमा थुपारिएको ढुङ्गाको हालको बजार मूल्य तीन करोड बराबर रहेको छ । ३६ हजार घनमिटरभन्दा बढी सो ढुङ्गाको कारोबारलाई वैध बनाउने अवैध खेलमा निजगढ नगरपालिका लागि परिरहेको छ ।

विभिन्न स्थानमा अवैधरूपमा घाटगड्डी भनिएकोबाहेकका स्थानमा नापजाँच गर्दा चार हजार टिपर अर्थात् ४८ हजार घनमिटर ढुङ्गा रहेको निजगढ नपाका इन्जिनीयर रूपेश यादवले बताए । सो ढुङ्गाको हाल बजार मूल्य चार करोड हुन आउँछ । सो ढुङ्गालाई जफत गरी लिलाम बिक्री गर्ने स्थानीय तह निजगढ नपालाई कानूनी अधिकार रहे पनि निजगढ नगरप्रमुख सुुरथ पुरी मौन छन् ।

प्राविधिक टोलीले नापजाँच गरिसकेको ढुङ्गाको अहिलेसम्म पनि ठेक्का प्रक्रियासमेत अघि नबढाउँदा तस्कर समूहको संरक्षणमा निजगढ नगरपालिका लागिपरेको आशङ्कासमेत उब्जिएको छ । ढुङ्गा तस्कर गिरोहका कारण गाउँबस्ती नै बदनाम हुँदै गएको स्थानीयहरू भन्छन् ।

थुपारिएको सो ढुङ्गाको तिहार अघि पनि निजगढ नपाले प्राविधिक टोली खटाइ नापजाँच गरी परिमाण निकालेको थियो । परिमाण निकालेको एक महीना बित्नै लाग्दासम्म पनि सो ढुङ्गालाई कानूनी दायरामा ल्याइ जफत गरी बढाबढमा ठेक्का लगाउनुपर्नेमा निजगढ नगरप्रमुख पुरी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले ठेकेदारसँग मिलेमतो गरी नदीजन्य पदार्थ सकार गर्ने ठेकेदार कम्पनी जय गणेश सप्लायर्सको कुुल ठेक्का परिमाणबाट घटाइ मिलान हुनेगरी निकासी गर्न छुट दिई कानूनी मापदण्डविपरीत अवैध कार्यलाई वैध बनाउँदै आइरहेका थिए ।

थुपारिएको ढुङ्गा तस्कर गिरोहले अन्यत्र लगी लुकाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय सुुरक्षा निकाय इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल नेपाल, विपत् व्यवस्थापन सुुरक्षा बेस निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढलाई समेत पत्राचार गरिएको बताइए पनि ढुङ्गा तस्कर समूहले अनुकूल मिलाउँदै स्थानीय सुुरक्षा निकायको सेटिङमा ढुङ्गा गायब हुने गरेको स्थानीय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here