बलिराम शुक्ला, बिरुवागुठी, ७ पुस/
युएसएड, जल जङ्गल परियोजना पोखरा र पर्सागढी नगरपालिका कार्यालयको सहकार्यमा आइतवार प्राकृतिक स्रोत व्यवस्थापन महिला तथा सीमान्तकृत समुदायका सवालहरू पहिचानका लागि बहुसरोकार वालाहरूसँग संवाद कार्यक्रम पर्सागढी नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै नगरप्रमुख गोकर्ण पाठकले जल र जङ्गल मानिसको जीवनमा चाहिने अति आवश्यक वस्तु रहेको हुनाले वनविनाशकै कारण अहिले जलवायु परिवर्तन भएको र यसको असर मानवजीवनमा परेको बताए ।

उनले वनविनाशकै कारण पानीका मुहानहरू सुकेको कारण जङ्गली जनावरहरू गाउँबस्ती पसेर मानवीयदेखि ्बालीमा क्षति पु¥याएको हुँदा वन संरक्षणमा ध्यान दिन सरोकारहरूलाई आग्रह गरे ।

कार्यक्रममा योजनाका कार्यक्रम संयोजक मानबहादुर विक र सुनील चौधरीले पर्सागढीमा जङ्गलसँग जोडिएका वडा नं १, २, ३, ४ का जनप्रतिनिधि, महिला र सीमान्तकृत व्यक्तिलाई जैविक विविधता, वातावरणीय अपराध, जलवायु परिवर्तन र लैङ्गगिक समानता विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा उपप्रमुख पूजा चौधरी, वडाध्यक्ष राजकपुर खवास, वीरेन्द्र महतो, सुकमान तामाङ, शेख खुर्सेद, कार्यपालिका सदस्य सीता लामा, लक्ष्मी विक, पर्सागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here