प्रस, सर्लाही, ५ पुस/
सर्लाही जिल्ला कविलासपुर नगरपालिका–३ दिनघरामा आगलागी हुँदा डेढ बिघामा रहेको धानको पराल जलेर नष्ट भएको छ ।
हिजो राति ८ बजे आगलागी भएको र स्थानीय रामचन्द्र ठाकुरको एक बिघा र रामधनी रायको १० कट्ठामा रहेको धानको पराल जलेर नष्ट भएको स्थानीय मुकेश ठाकुरले बताए ।
ठाकुर र रायले आधारभूत विद्यालय छेउमा पराल राखेका थिए र आगलागी भएपछि मङ्गलवा नगरपालिकाको वारुणयन्त्र र सुरक्ष्Fाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।