प्रस, परवानीपुर, ४ पुस/
बारा, प्रसौनी गाउँपालिका वडा नं ५ प्रष्टोकामा रहेको नेरामाविका विद्यार्थीहरूले बिहीवारदेखि विद्यालयमा हडताल शुरू गरेका छन् ।
केही दिनअगाडि गापाको शिक्ष्Fा शाखाले गणित विषयका शिक्षक कृष्णप्रसाद साह, लेखा विषयका शिक्षक विनोद प्रजापतिलगायतलाई हटाएको तथा विज्ञान र नेपाली विषयका शिक्षक नभएको भन्दै विद्यार्थीहरूले हडताल गरेका हुन् ।
विद्यार्थीहरूका अनुसार पठनपाठन नियमित गर्न र शिक्षकहरूको व्यवस्था नभएसम्म विद्यालयमा हडताल जारी रहने बताएका छन् ।
यसै विषयमा प्रधानाध्यापक नगनारायणप्रसाद साहले खुला प्रतिस्पर्धाबाट छनोट भएर आएका तीनजना शिक्षकलाई विद्यालयले अध्यापन गर्न लगाएको र पुराना केही शिक्षकको शिक्षण अध्यापन अनुमतिपत्र नभएकाले उनीहरूलाई हटाइएको जवाफ दिए । हटेका शिक्ष्Fकहरूको उक्साहकटमा विद्यार्थीहरूले हडताल गरिरहेको उनले बताए ।
यस विषयमा वडाध्यक्ष सन्तोष साह कानूले केही सातामा शिक्ष्Fकको व्यवस्थापन मिलाउने तयारी भइरहेकाले छलफल र वार्ताबाट समस्या समाधान हुने बताए । विद्यार्थीहरूले भने सरुवा भएर आएका नयाँ तीनजना शिक्ष्Fकले राम्ररी नपढाएको आरोप लगाएका छन् ।