प्रस, वीरगंज, ४ पुस/रासस
राष्ट्रिय सोसाइटी विकास कार्ययोजनाको दुई दिने स्थानीयकरण कार्यशाला महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेश अन्तर्गतका आठ जिल्ला शाखाहरूको सहभागितामा पुस ३–४ गते नेरेसो मधेस प्रदेशको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा जिल्ला शाखाको क्षमता विकासका लागि दुई वर्षे कार्ययोजना तयार गरिएको छ । कार्यशालामा नेरेसोका कानूनी सल्लाहकार विजय दाहाल, सङ्गठन विकास विभागका वरिष्ठ अधिकृत नारायण लामिछाने, राष्ट्रिय सोसाइटी विकासका उपनिर्देशक सरस्वती न्यौपाने, मधेस प्रदेशका फूलमहम्मद मियाँ, वीरगंज शाखाका प्रमुख वीरशम्शेर कुर्मीलगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय सोसाइटी विकासका संयोजक एवं उपनिर्देशक रुद्रनारायण अधिकारीले गरेका थिए ।