प्रस, परवानीपुर, ३ पुस/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट मालवस्तुको आयातमा भारी गिरावट आएको छ ।

चार वर्षपछि कन्टेनर र फलामजन्य वस्तुको आयातमा ५० प्रतिशत कमी आएको छ । श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन गरिरहेको प्रिन्स्टिन भ्याली ड्राइपोर्ट प्रालिका सञ्चालन प्रमुख अतुल शर्माका अनुसार प्रिन्स्टिनले सन् २०२० मा यो बन्दरगाह ठेक्का सकार गर्दा मासिकरूपमा ८० भन्दा बढी ¥याक आउँथ्यो भने अहिले जम्मा ४५ वटा ¥याक महीनामा आइरहेको उनले बताए । अर्थात् दिनमा डेढवटा ¥याक आइरहेको छ ।

एउटा ¥याकमा २० फिटे ९० वटा कन्टेनर अट्छ । ४० फिटे कन्टेनर ल्याउनुप¥यो भने ४५ वटा कन्टेनर अट्छ ।

त्यसैगरी, सन् २०२० मैं फलामजन्य वस्तु (बिआरएन)को मासिक २० वटा ¥याक आउने गरेकामा हाल तीनदेखि पाँचवटा मात्र आइरहेको छ । फलामजन्य वस्तुमा बिलेट, एचआर सिट, एचआर एङ्गल, स्पन्जलगायत वस्तु बढी आउँथ्यो भने अहिले स्पन्ज फलाम बढी आइरहेको छ ।

यसैगरी, बोराबन्द (बिसिएन)तर्पm पनि विगतका चार वर्षको तथ्याङ्क अनुसार अहिले करीब ३० प्रतिशतभन्दा बढी कमी आएको प्रिन्स्टिन भ्यालीका सञ्चालन प्रमुख शर्माको भनाइ छ । बिसिएनतर्फ पहिले मासिक २० वटा ¥याक आउँथ्यो भने अहिले १५ वटा ¥याक आइरहेको छ । जसमध्ये ८–१० वटा कोइलाका ¥याक हुन्छन् । एउटा ¥याकमा बिआरएन र बिसिएन २५००–३००० टन लोड भएर भारतको कोलकाता, हल्दिया, विशाखापट्टनम बन्दरगाहबाट मालसामान लोड भएर रेलमार्गबाट श्रीसिया बन्दरगाह भन्सारसम्म आउने गरेको छ ।

२०७६/७७ सालको कोरोना महामारी र त्यसपछि राष्ट्र बैंकले जारी गरेको चालू पूँजी कर्जा नीतिबाट उद्योगधन्दामा छाएको मन्दीको कारण आयातीत वस्तुको परिमाणमा कमी आएको हो ।

वीरगंजका व्यवसायीहरूका अनुसार कुनै पनि व्यवसाय गर्नको लागि पहिले बैंकबाट ऋण लिएर व्यवसाय गर्न सजिलो थियो भने अहिले व्यवसायीको समेत केही प्रतिशत गल्ला आवश्यक भए मात्र मालसामान आयात गर्न सकिने व्यवस्था लागू भएकोले शतप्रतिशत कर्जा लिएर व्यवसाय गर्नुपर्ने भएकोले जोखिम मोलेर मालसामान आयात नगरेको बताउँछन् ।

बन्दरगाहबाट मालसामान आयातमा भएको गिरावटले राजस्व सङ्कलनमा समेत नकारात्मक असर पर्ने गरेको छ । लक्ष्यको तुलनामा चालू आवको हरेक महीनामा राजस्व सङ्कलन नहुने गरेको भन्सारका कर्मचारीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here