प्रस, वीरगंज, ३ पुस/रासस
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)ले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या समाधानको माग गरेको छ ।
महासङ्घका केन्द्रीय स्थायी समिति सदस्य रामविनयकुमार यादवको नेतृत्वको टोलीले प्रजिअ हीरालाल रेग्मीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा सरल तथा सुलभ दररेटमा मलको नियमित आपूर्ति व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी तथा स्थानीय सरकारको समन्वयमा उचित दरमा मलखाद बिक्री वितरण गर्नुपर्ने उल्लेख छ । स्थानीय पसलमा प्रतिबोरा रु ३५०० मा बिक्री गर्ने बिचौलिया वा सङ्घसंस्थाको अनुमति खारेज गर्नुपर्ने, किसानको बालीमा बँदेल, हात्ती, नीलगाईलगायतका वन्यजन्तुबाट हुने क्षति नियन्त्रण गर्नुपर्नेलगायतका माग छन् । महासङ्घका अध्यक्ष्F भगतनारायण यादवले यथाशीघ्र माग सम्बोधन नभएमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
टोलीमा केन्द्रीय सदस्य हीरा थापा, जिल्ला सचिव नरेन्द्र झालगायतको सहभागिता थियो ।