प्रस, वीरगंज, ३ पुस/
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविविका सबै सम्पत्ति फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

त्रिविविको जग्गा तथा सम्पत्ति खोजबीन आयोगले बुधवार बुझाएको प्रतिवेदन उनले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– त्रिविविको जग्गा उसकै नाममा ल्याइनेछ र हिनामिना गर्ने जोकोहीलाई पनि कानूनको दायरामा ल्याइनेछ ।

शारदाप्रसाद त्रितालको नेतृत्वमा त्रिविविको जग्गा तथा सम्पत्ति खोज्न आयोग बनेको थियो । २०७६ सालमा ललिता निवासको जग्गा खोजबीन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन भएको थियो । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियाबारे मुद्दा चलिरहेको छ । त्यसपछि त्रिविविको जग्गा तथा सम्पत्ति खोजबीन गर्न त्रितालकै नेतृत्वमा आयोग बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here