प्रस, वीरगंज, २ पुस/
लुम्बिनी विकास बैंक पोखरिया शाखाले एकजना महिलाको घर लिलाम गरेपछि सो घर खरीद गर्ने जग्गाधनीले आपूmले खर्च गरेबापतको रकम फिर्ता गरे घर छोड्न तयार रहेको बताएका छन् ।

वीरगंजमा पत्रकार सम्मेलन गरी लिलामीको घर किन्ने शोभा देवीका भाइ रामराजाप्रसाद कानूले कसैलाई बेघर गर्ने नियतले आफूले बबिता सर्राफको घर नकिनेको दाबी गरे ।

बैंकले लिलामीको सूचना प्रकाशन गरेपछि मेरी दिदीले सो घर किनेको रामराजाले बताए । आफूलाई घर खरीद गरेबापत ५२ लाख र अन्य खर्च पाएमा सो घर मूलधनीलाई नै फिर्ता गर्ने बताए ।

पत्रकार सम्मेलनमा उनले बैंकले घरजग्गा नामसारी गर्नेगरी दिन्छु भन्ने शर्तमा घर खरीद गरेको बताए । उनले अहिले बैंकका कर्मचारीहरू सम्पर्कमा नआएपछि आफू आरोपित भएको दाबी गरे । बैंकले बबिता सर्राफको घर लिलामीको सूचना निकाल्दा सो घर खरीद गर्न आफूले गाउँमा रहेको एक बिघा जग्गा बेचेको बताए ।

वीरगंज महानगरपालिका–११ निवासी राजु साह सोनारले काव्य ज्वेलर्स सञ्चालनको लागि लुम्बिनी विकास बैक, पोखरियाबाट २०७४/७/२९ गते बैरियाबिर्तामा रहेको चार कट्ठा जग्गा र रानीघाटमा रहेको १० धुर जग्गामा बनेको दुईतले भवन धितो राखेर ३७ लाख ऋण लिएका थिए । सो ऋण तिर्न नसक्दा राजु परिवारलाई छाडेर बेपत्ता भए भने बैंकले उनको घर लिलामी गरेपछि राजुकी पत्नी बबिता सर्राफले केही दिनअगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here