प्रस, पोखरिया, १ पुस/
पञ्चवर्षीय गढीमाई मेलाको बलिदान सकिएसँगै पर्सा, बारा क्ष्Fेत्रमा हरिया तरकारीको मूल्य घटेको पाइएको छ । पञ्चवर्षीय मेलामा देश–विदेशबाट मेला भर्न लाखौंको सङ्ख्यामा श्रद्धालुहरू आएका कारण पर्सा, बारामा हरिया तरकारीको मूल्य बढेको थियो ।

गत असोज ११–१२ गते परेको अविरल वर्षाले यो क्ष्Fेत्रमा हरिया तरकारीखेतीलाई असर पु¥याएको थियो । यसैपटक पञ्चवर्षीय मेला लागेको कारण लाखौं मानिसको सहभागिताले हरिया तरकारीको माग बढेर मूल्यवृद्धि भएको थियो ।

प्रत्येक वर्ष यो मौसममा हरिया तरकारीको मूल्य घट्थ्यो । तर यसपटक त्यसो भएन र लगातार मूल्यवृद्धि भइरह्यो । किसानहरू पनि हरिया तरकारीको मूल्य बढेकामा खुशी भएका थिए । विगतका वर्षहरूमा लागत अनुसारको मूल्य नपाउँदा उनीहरूले उत्पादन सडकमा फालेर विरोध गर्नुपर्ने अवस्था थियो ।

यस वर्ष पञ्चवर्षीय गढीमाई मेला र मङ्सिरमा वैवाहिक कार्यक्रमहरू भएकाले हरिया तरकारीको मूल्य बढेको थियो । असोजको वर्षाले क्षति पु¥याएको र मेला तथा वैवाहिक कार्यक्रममा हरिया तरकारीको माग बढेको हुँदा काउली, बन्दा, गोलभेंडा, भन्टा, हरियो केराउ, मूला, खुर्सानी, सिमी, आलु, प्याजलगायतका तरकारीहरू महँगा भएका थिए । अहिले गढीमाईमा बलिदान सम्पन्न भएको र मङ्सिर महीना पनि सकिएकोले श्रद्धालुहरूको भीड कम भएको र गढीमाई मेलामा होटल व्यवसाय पनि पातलिएको कारण हरिया तरकारीको मूल्य घटेको हो ।

बलिदानको बेला मङ्सिर २४ गतेसम्म काउली १५०, बन्दा १००, आलु ९०, प्याज १३०, गोलभेंडा १३०, भन्टा १००, हरियो केराउ १४०, सिमी १४०, मूला ४०, खुर्सानी २०० रुपैयाँ प्रतिकिलो रहेकामा अहिले हरिया तरकारीको मूल्य घट्दो छ । काउली, बन्दा, आलु प्रतिकिलो ५०, प्याज ९०, गोलभेंडा १००, भन्टा ७०, हरियो केराउ १५०, सिमी १००, मूला २०, खुर्सानी १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here