नेपालको ऐतिहासिक शहर जनकपुरले यसपालि सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनको आयोजनाको गर्वपूर्ण जिम्मेवारी पाएको छ । आगामी मार्च २१ र २२ मा हुने यो सम्मेलन क्यान्सरजस्तो जटिल रोगका बारेमा नयाँ ज्ञान, उपचारका प्रविधि र अनुसन्धान आदानप्रदान गर्ने थलो हो । यो सम्मेलनले नेपाललाई विश्व स्वास्थ्य क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्न सघाउनेछ । क्यान्सर सम्मेलन क्यान्सर रोगका विविध पक्षमा छलफल गर्न, अनुभव आदानप्रदान गर्न र आधुनिक प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्न गरिन्छ । सम्मेलनको प्रमुख उद्देश्य क्यान्सरको उपचारमा नवीनतम प्रविधि र ज्ञानको पहुँचलाई विश्वव्यापी बनाउनु हो । विशेषगरी क्यान्सरका कारण, निदान, उपचारका नयाँ विधि, रोग प्रतिरोधका उपायहरू र अनुसन्धानका प्रगति सम्मेलनमा मुख्य एजेन्डा बन्ने गरेका छन् । नेपालजस्तो स्वास्थ्य पूर्वाधारमा पछाडि परेको देशका लागि यस्तो सम्मेलन निकै महŒवपूर्ण छ । यसले नेपाली चिकित्सकहरूलाई विदेशी विशेषज्ञहरूसँग सहकार्यको अवसर दिन्छ भने हाम्रो देशको वर्तमान स्वास्थ्य अवस्था र सम्भावनाहरूलाई विश्वसामु प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्छ ।

नेपालमा क्यान्सरका बिरामीहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नेपाल क्यान्सर राहत समाजको तथ्याङ्क अनुसार देशमा वार्षिक ३० हजारभन्दा बढी नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । यसमध्ये अधिकांशले ढिलो उपचार पाउँछन्, जसका कारण मृत्युदर उच्च छ । देशमा रहेको सीमित स्वास्थ्य पूर्वाधार, अनुभवी विशेषज्ञको अभाव र ग्रामीण क्षेत्रमा क्यान्सर रोगका बिरामीले उपचारमा पाउने कठिनाइ जस्ता समस्याले यो अवस्था थप जटिल बनाएको छ । जनकपुरमा हुने यो सम्मेलन नेपालका लागि महŒवपूर्ण अवसर हो । अमेरिका, भारतलगायत विदेशी विशेषज्ञहरूसँग छलफल गरी नेपालले सुलभ र प्रभावकारी उपचारका विधि अपनाउन सक्छ । क्यान्सर उपचारका लागि आधुनिक उपकरण, औषधि र प्रविधि भिœयाउन नेपालले विदेशी संस्थासँग सहकार्य गर्ने अवसरको निम्ति सम्मेलनले वातावरण बनाउन सक्छ । त्यसैगरी, शोधमा सहकार्य गर्न सकिन्छ । नेपालको जटिल भूगोल र विविधतायुक्त जीवनशैलीका कारण यहाँको क्यान्सरको स्वरूप अन्यत्रको भन्दा विशिष्ट छ । यस्तो अनुसन्धानका लागि विदेशी अनुसन्धानकर्ता आकर्षित गर्न सकिन्छ ।

नेपालको ग्रामीण क्षेत्रमा उपचार पाउन क्यान्सरपीडितलाई गा¥हो छ । सरकारले ग्रामीण क्षेत्रमा उपचारका सुविधा विस्तार गर्न विदेशी संस्थासँग सहकार्य गर्ने प्रस्ताव यस सम्मेलनमार्फत ल्याउनुपर्छ । त्यसैगरी, आधुनिक प्रविधिको कुरा छ । हाम्रो मुलुकमा उपचार प्रविधि पुराना र सीमित छन् । सम्मेलनमा सहभागी मुलुकहरूसँग सहकार्य गरी नवीनतम प्रविधि नेपालमा भिœयाउन पहल गर्नुपर्छ । क्यान्सरको सुरुआतमैं पहिचान र रोकथामका लागि जनचेतना कार्यक्रमको महŒवपूर्ण भूमिका हुन्छ । यसका लागि सरकारी र निजी क्षेत्रले एकीकृत योजना तयार गर्न सम्मेलनबाट सुझाव सङ्कलन गर्न सक्छ । अन्य मुलुकमा भन्दा नेपालमा क्यान्सर रोग निम्तिने कारण नै केही फरक छ भन्ने कुरा पत्ता लागिसकेको हुँदा त्यसको अध्ययन–अनुसन्धानका लागि विज्ञ मुलुकहरूलाई सहकार्यका लागि आह्वान एवं उपचारमा सहयोग र अनुदानको माग गर्न सम्मेलन महŒवपूर्ण अवसर हो । अन्तराष्ट्रिय क्यान्सर सम्मेलन हाम्रोलागि स्वास्थ्य कूटनीतिको अवसर पनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here