प्रस, वीरगंज, ३० मङ्सिर/

नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जनअपेक्षा अनुसार वर्तमान सरकारले काम गर्नुपर्ने बताएका छन्। 

आइतवार प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली काङ्ग्रेस लोकतान्त्रिक विचारधारा बोकेको पार्टी भएकोले नागरिक स्वतन्त्रतासहित राष्ट्रलाई बलियो बनाउन जनतालाई सर्वाधिकार दिनुपर्नेमा जोड दिए। उनले जनताको सेवा गर्नु नै नेपाली काङ्ग्रेसको दायित्व भएको बताए। 

प्रवक्ता डा महतले जनभावना अनुसार काम गर्न सरकारमा रहेका मन्त्रीहरूलाई सुझाव दिए। पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले कोभिडका कारण संसारभरिका मुलुकको अर्थव्यवस्था प्रभावित भएपनि अन्य राष्ट्रले सो क्ष्Fतिको भरपाई गरे पनि नेपाल अझैंसम्म समस्यामा रहेको बताए। उनले वर्तमान सरकारले चालेका कदमबाट देशमा चाँडै सुधार हुने र सोको अनुभूति सर्वसाधारणले गर्ने दाबी गरे। 

उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताको आधारमा मात्रै ऋण लिनुपर्ने बताए। नेता महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिनुभन्दा विश्व बैंक, एशियाली विकास बैंक 

(एडिबी)लगायतबाट सस्तो ब्याजदरमा ऋण सदुपयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्न सुझाए। डा महतले सरकार र निजी क्षेत्र दुवैले प्रभावकारी र प्रतिफल दिने आयोजनामा मात्र लगानी गरे देश विकास हुने बताए। 

प्रेस युनियन, पर्साका अध्यक्ष विजय महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेका, पर्साका अध्यक्ष तथा मन्त्री जनार्दनसिंह क्षत्री, उपसभापति रामनारायण कुर्मी, प्रदेश महासचिव वृहस्पतिकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here