प्रस, वीरगंज, २९ मङ्सिर/
मधेस प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले भारतीय पर्यटकीय वाहनलाई प्रहरीले अनावश्यक हस्तक्षेप नगर्ने बताएका छन् ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको संयुक्त आयोजनामा सम्पन्न ‘पर्यटन सुरक्षा र प्रवद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका’ अन्तत्र्रिmया कार्यक्रममा प्रनामनि आचार्यले पर्यटक प्रहरीले पर्यटकलाई सुरक्षाको अनुभूति हुनेगरी कार्य गर्न निर्देशन दिए ।
कार्यक्रममा पर्साका होटल तथा पर्यटन व्यवसायीहरूले भारतीय पर्यटक चढेका भारतीय वाहनलाई चेकजाँचको नाममा प्रहरीले अनावश्यक दुःख दिने गरेको बताउँदा प्रनामनि आचार्यले प्रहरीले भारतीय पर्यटकीय वाहनहरूको चेकजाँच दुःख दिने नियत नगर्ने बताए । उनले भारतीय पर्यटक चढेको सवारीसाधनलाई गलत नियतले चेकजाँच नगर्न मातहतका प्रहरीलाई निर्देशन दिने बताए ।
कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले अब मधेस प्रदेशमा पर्यटन क्षेत्रमा ठोस काम हुने बताए । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले पर्यटक प्रहरीले हालसम्म गरेका कार्य विवरण र आम पर्यटकहरूको विषयमा निर्माण गरिएको वृत्तचित्र प्रदर्शन गरेका थिए ।
मधेसका पर्यटकीय गन्तव्यमा ‘पर्यटक प्रहरी’ थपिंदै |
वीरगंज, २९ मङ्सिर/रासस मधेस प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षा कायम गर्न पर्यटक प्रहरी थपिने भएको छ । विदेशी पर्यटकलाई सहजीकरण गर्न मधेस प्रदेशका प्रमुख गन्तव्यमा पर्यटक प्रहरी थप्ने प्रक्रिया प्रारम्भ भएको छ । हाल जनकपुर र वीरगंजमा मात्र पर्यटक प्रहरीको व्यवस्था भएकामा अब ठोरी गाउँपालिकामा नयाँ एकाइ स्थापनाको प्रक्रिया प्रारम्भ गरिने भएको छ । ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटक प्रहरीका निम्ति आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन पालिका तयार रहेको बताए । वीरगंज होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले पर्यटक प्रहरीको अभावमा मधेस घुम्न आउने विदेशी पर्यटकले सास्ती बेहोर्नुपरेकाले त्यसो हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्न स्थानीय प्रशासनसँग आफूहरूले अनुरोध गरेको बताए । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले मधेस प्रदेशमा पर्यटकीय क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मीलाई पर्यटक प्रहरीका रूपमा परिचालन गर्न सकिने बताए । वीरगंज नाका हुँदै भारतीय पर्यटकहरू जनकपुर, गढीमाईलगायत यहाँका धार्मिकस्थलको भ्रमणमा जाने गरेका छन् । |
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्तले समग्र होटल तथा पर्यटन व्यवसाय क्षेत्रका आम समस्याबारे प्रकाश पारेका थिए । सो क्रममा उनले स्थानीय प्रहरीहरूलाई होटल व्यवसायीहरूमाथि अभद्र व्यवहार नगर्न प्रहरीको माथिल्लो निकायबाटै निर्देशन दिनुपर्नेमा जोड दिए ।
पर्यटक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी नायब निरीक्षक प्रराज चौलागाईंले सहजीकरण गरेको कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाललगायत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधव बस्नेत, सचिव सन्दीप बस्नेत, होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सदस्य हीरा श्रेष्ठलगायतको सहभागिता थियो ।