प्रस, वीरगंज, २९ मङ्सिर/
वीरगंज युवा समाजद्वारा शनिवार निश्शुल्क आँखा तथा स्त्रीरोग चेकजाँच शिविरको आयोजना गरिएको थियो । सो शिविरमा आँखाका १५० र स्त्रीरोगका १०७ गरी २५७ जनाको चेकजाँच गरिएको समाजका अध्यक्ष सञ्जीवकृष्ण थापाले बताए । शिविरमा १५ जनाको आँखामा मोतीबिन्दु फेला परेको थियो । स्त्रीरोग चेकजाँच गर्दा केही जटिल समस्या भएकाहरूलाई अस्पताल बोलाइएको र सो क्रममा जाँच शुल्क नलाग्ने र अन्य परीक्षणमा छुट प्रदान गरिने अध्यक्ष थापाले बताए ।

वडाध्यक्ष प्रदीपकुमार चौरसियाको प्रमुख आतिथ्यमा भएको शिविरमा श्रीराम अस्पतालका स्त्रीरोग विशेषज्ञ डा दीप्ति यादव, डा प्रीति यादव, किरण आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ आन्द्रिका यादवले चेकजाँच गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here