प्रस, वीरगंज, २८ मङ्सिर/
उपकार सेवा नेपालले ठोरी गाउँँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा सहयोग गरेको छ ।

वृद्धवृद्धा आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्तःमनस्थिति एवं वृद्धवृद्धा तथा बालबालिकाहरूको लागि ट्राउजर ३० थान, ज्याकेट ३० थान, दाल, नून खानेतेल, चना, सोयाबिन, चामल, पीठो, भुजा, चाउचाउ, बिस्कुट, सेनिटरी पैड, डाइपर, फिनाइललगायतका सामग्रीहरू संस्थाकी अध्यक्ष विद्या सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here