प्रस, वीरगंज, २५ मङ्सिर/
कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रियस्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण सम्पन्न भएको छ ।

नेपालको अग्रणी आइटी तालीम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेशन नेटवर्क युके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा ८० विद्यार्थीले भौतिकरूपमा उपस्थित भएर प्रतिस्पर्धा गरेका थिए । जसमध्ये विभिन्न विधाबाट नौजना विद्यार्थी आगामी फेबु्रअरीमा युकेमा हुने ग्लोबल कम्पिटिशनका लागि छनोट भएका छन् ।

ग्लोबल कम्पिटिशनमा छानिएका नेपाली विद्यार्थीहरूले अब भारत, हड्ढङ, मिडल इस्ट, युके, अमेरिका, अस्ट्रेलियालगायत देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो चरणको कोडिङ प्रतियोगिताको उद्घाटन सूचना प्रविधि विज्ञ डा राजीव पाण्डे सुब्बाले गरेका थिए । उनले प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।

४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएकामा भौतिक प्रतिस्पर्धामा ८० जना छानिएका थिए । विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए । उनले प्रतियोगिताले सहभागीहरूलाई कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मदत पु¥याएको र उत्कृष्ट प्रतियोगीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको बताए ।

प्रतियोगितामा कक्षा २–४ का विद्यार्थीहरूले जुनियर ब्लक–आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक–आधारित कोडिङ र कक्षा ६–९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए ।

कार्यक्रममा गल्र्स हु कोड अभियान समेत सञ्चालन गरिएको थियो, जसले छात्राहरूको सहभागिता अभूतपूर्वरूपमा बढाएको आइसिटी फ्रेमकी अध्यक्ष मीना अर्यालले बताइन् । उनले दोस्रो चरणको प्रतिस्पर्धामा ५० प्रतिशतभन्दा बढी छात्राको उपस्थिति रहेको जानकारी गराएकी छन् ।

प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठूलो योगदान दिएको भन्दै अभिभावकहरूले खुशी व्यक्त गरेका थिए । बालबालिकाको डिजिटल सीपको विकास गर्न र प्रविधिमा करियर शुरू गर्ने अवसर दिन प्रतियोगिता महŒवपूर्ण हुने आयोजकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here