प्रस, वीरगंज, २४ मङ्सिर/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वैभव वीरगंजको धार्मिक, औद्योगिक, पर्यटन विशेषाङ्क मुकाम नामक मासिक पुस्तकको सोमवार विमोचन गरेका छन् ।

आफ्नै कार्यकक्षमा सो पुस्तकको विमोचन गर्दै उनले वैभव वीरगंजको परिकल्पनालाई सार्थक पार्न आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन करिडोरलाई समेटेर पुस्तक प्रकाशित गरिएको बताए ।

उनले पर्यटकीय हिसाबले वीरगंजलाई केन्द्रमा राखेर यस करिडोर अन्तर्गत पर्ने बाराको सिम्रौनगढदेखि पर्साको ठोरी र चितवनको माडीसम्मका गन्तव्य लगायत चुरियामाई सुरुङदेखि यस क्षेत्रका धार्मिक मठमन्दिरलाई समेटेर विशेषाङ्क प्रकाशित गरेकोमा मुकाम मिडिया नेटवर्कलाई धन्यवाद ज्ञापन गरे ।

उनले पुस्तकभित्र समेटिएका ठोरी, माडीदेखि सिम्रौनगढसम्मका सांस्कृतिक, ऐतिहासिक गन्तव्य, पर्सा राष्ट्रिय निकुञ्ज र चुरियामाई क्षेत्रसम्मको पर्यापर्यटनको सर्किटको रूपमा वैभव वीरगंजको धार्मिक पर्यटकीय सर्किट बनाउन सके पर्यटनको विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

वैभव वीरगंज अन्तर्गत महानगरका धार्मिकस्थलहरूको सौन्दर्यीकरण, नगरक्षेत्रको बृहत्तर सरसफाइ, प्रवेशद्वारको सौन्दर्यीकरणलगायतका कार्यहरू महानगरपालिकाले गरिरहेको र अझै गर्नुपर्ने काम धेरै भएपनि बजेट अभावको कारण गर्न नसकेको बताए । उनले वीरगंजलाई आर्थिक राजधानीका साथै धार्मिक र पर्यटकीय हिसाबले पनि भिजिटिङ हब बनाउने अभियानमा महानगर जुटेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here