नरेश यादव, पर्सागढी, २३ मङ्सिर/
श्रीसम्पूर्ण सहकारी संस्थाको सहकार्यमा कृषि ज्ञान केन्द्र, पर्साको च्याउ प्रवद्र्धन कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकामा च्याउखेतीका लागि किसानहरूलाई प्रोत्साहित गरिने भएको छ ।

सहकारी संस्थाका संयोजक डा चन्द्रभूषण सिंहको सहयोगमा पर्सागढी नपाका किसानहरूलाई २०० पोका च्याउखेती गर्न निश्शुल्क बीउ वितरण गर्ने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र, पर्साको च्याउ प्रवद्र्धन कार्यक्रमका सहजकर्ता विक्रम कार्कीले बताए । उनले विषादीरहित तरकारीखेतीलाई अभियानले प्रोत्साहन गर्ने बताए ।

उनले पर्सागढीमा अहिले च्याउखेती कम भएको तर बजारमा च्याउको माग बढिरहेकोले यसको खेती गरेर मनग्य आम्दानी लिन सकिने बताए । उनले विषादीरहित च्याउका विभिन्न परिकार बनाएर खान सकिने र बजारमा अहिले यसको माग बढेर विभिन्न स्थानमा खेती पनि भइरहेको बताए । पहिले सीमित किसानहरूको पहुँचमा रहेको च्याउखेती अहिले तराईका विभिन्न जिल्लाहरूमा गरिन थालिएको र यसबाट रोजगार बढेको उनले बताए ।

उनले महँगो मूल्यका विषादीयुक्त तरकारीले जिब्रोको स्वाद बढाउने तर स्वास्थ्यमा असर पार्ने तर विषादीरहित च्याउको तरकारीले जिब्रोको स्वादसँगै स्वास्थ्य पनि राम्रो हुँदा यसको खेती गर्न सुझाए ।

कार्यक्रममा किसानहरू रामबाबू चौरसिया, गोकर्ण मैनाली, कृष्ण पाठक, इम्ताज अन्सारी, सद्दाम अन्सारी, सुमन्त शर्मा, सर्फुआलम अन्सारी, इद्रिश अन्सारीलगायतको सहभागिता थियो । उनीहरूलाई च्याउका पोकाहरू वितरण गरिएको थियो । कार्यक्रम अन्तर्गत पर्सागढी नपाका अन्य इच्छुक किसानहरूलाई पनि च्याउखेतीका लागि बीउ उपलब्ध गराइने कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here