प्रस, परवानीपुर, २२ मङ्सिर/
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षत्रीले मधेस प्रदेशमा नयाँ कृषि ऐन ल्याउने गृहकार्य भइरहेको बताएका छन् ।

कृषि अनुसन्धान निर्देशनालय परवानीपुरले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा नवीनतम कृषि प्रविधि प्रवद्र्धन कार्यक्रमको प्रारम्भिक बैठकको अन्तरत्र्रिmया कार्यक्रममा शनिवार उनले सो कुरा बताएका हुन् । उनले कृषिमा जबसम्म विकास हुँदैन, तबसम्म प्रदेश र देश विकास नहुने बताए । कृषिसम्बन्धी अनुसन्धान, प्रसार र शिक्षा निकायमा काम गर्दा कृषिमा फड्को मार्न सक्ने उनले विश्वास व्यक्त गरे । ऐन बनाउँदैछौं, चाँडै लागू हन्छ, नीति बनाएर सही अनुसन्धान र कृषिसम्बन्धी अध्यापन गराउने शैक्षिक संस्थाको सहकार्यमा केही नयाँ गर्न खोजेको उनले बताए । उनले कृषि ज्ञान केन्द्रमार्फत प्रत्येक पालिकामा दुईवटा कृषिसम्बन्धी सेवा केन्द्र बनाएर सेवा प्रभावकारी बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक डा बिपी यादव र पशु तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका निर्देशक जागेश्वर यादवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा मधेसको कृषिमा नवीनतम प्रविधिको प्रयोग, उत्पादन, कृषिका मुख्य समस्या, चुनौती र जोखिमबारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, परवानीपुरका गापाका अध्यक्ष रामक्षेत्रीप्रसाद कुर्मी, जगरनाथपुर गापा अध्यक्ष श्रीकान्त यादव, सखुवाप्रसौनीका गापा अध्यक्ष यशवन्त यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्ण, कृषि विकास निर्देशनालयका निर्देशक जीतेन्द्र यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here