प्रस, वीरगंज, २२ मङ्सिर/
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले ६१औं स्थापना दिवसको अवसरमा रक्तसञ्चार केन्द्र वीरगंजमा सफ्टवेयर तथा मोबाइल एप सेवा सञ्चालनमा ल्याएको छ । रक्तसञ्चार सेवालाई अत्याधुनिक, व्यवस्थित, जवाफदेही, पारदर्शी तथा डिजिटलरूपमा सञ्चालन गर्न सफ्टवेयर र मोबाइल एप सञ्चालनमा ल्याइएको नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेलले बताए । उनले यो सेवाले रक्तसञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग हुने दाबी गरे ।

रक्तसञ्चार केन्द्र, वीरगंजमा रगतको सहजताको लागि पाँच सय बढी सङ्घसंस्थाहरूले खेलेको भूमिका सफ्टवेयर तथा मोबाइल एपबाट सहज ढङ्गले रगत व्यवस्थापनमा मदत पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा परिमार्जन र परिष्कृत गर्दै रक्तसञ्चार केन्द्रसँग सम्बन्धित सम्पूर्ण काम सक्रियताका साथ गर्ने र पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदानसम्बन्धी अभियानमा सबैलाई जोड्न आग्रह गरे ।

यो सफ्टवेयरबाट सम्पूर्ण डेटाबेस, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद, जन्मदिनमा शुभकामनासहित एसएमएस नोटिफिकेशन, स्वचालित बिलिङ सिस्टम र बिल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिपोर्ट, डोनर कार्ड, डोनर सर्टिफिकेट तथा नगद भौचर इमेलमार्फत पठाउन मिल्ने, डोनर सर्टिफिकेट प्रिन्ट गर्न मिल्ने, रगत एक्सपाइरी सिस्टम, अनलाइन एक्सेस, निरीक्षण र नियन्त्रण हुने, मोबाइल एपमार्फत रक्तदाताहरूले आफनो मोबाइलमा व्यक्तिगत विवरण हेर्न, डोनर कार्ड र सम्बन्धित पालिका अन्तर्गत रहेका रक्तदाताहरूको नाम, सम्पर्क नम्बर उपलब्ध गराइने केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here