प्रस, वीरगंज, २१ मङ्सिर/
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले ६१औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । स्थापना दिवसमा रक्तसञ्चार केन्द्रमा शाखा सभापति वीरेन्द्रराज कँडेल र केन्द्रकी संयोजक मधु राणाले संयुक्तरूपमा झन्डोत्तोलन गरेका थिए ।
यसैगरी, रेडक्रसका संस्थापक जा हेनरी ड्युनाको तस्वीरमा माल्यार्पण गरिएको थियो । दिवसको अवसरमा केन्द्रका सभापति कँडेल, प्रभु पटेल, सन्तोष थापालगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेरेसो पर्सासँग आबद्ध दिनानाथ रौनियार, महन्तप्रसाद यादव, अभिलाष गुप्ता, लालबाबू सिंह, दयाशङ्कर सिंह, सौरभराज पाण्डेय, राजन श्रीवास्तव, मनीष गुप्ता, वीरशम्शेर कुर्मी, लक्ष्मी राउत, मीना क्षेत्री, राजु साहलगायतको सहभागिता थियो । यसैगरी, दिवसको अवसरमा साँझ घण्टाघरमा दीप प्रज्वलित गरिएको थियो ।
यसैगरी, शुक्रवार भारत, पुणेको एनिमल इक्वालिटीले वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा नौजनाले रक्तदान गरेको केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । कार्यक्रममा गोविन्दा पटेल, दीपेश मण्डल, दिनानाथ प्रजापति, अनिल यादवलगायतले रक्तदान गरेका प्राविधिक कुशवाहाले बताए ।