प्रस, वीरगंज, २१ मङ्सिर/
इस्कन वीरगंजले शुक्रवार आयोजना गरेको “आफूलाई खोज्नुहोस्” शीर्षकको आध्यात्मिक कार्यक्रमको नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।

उनले आध्यात्मिक ज्ञानले मानवजीवनमा ठूलो असर पार्ने बताए । आध्यामित्क ज्ञानले मानिसलाई शान्ति र समृद्धिको बाटोमा हिंड्न मदत पुग्ने बताए । नगरप्रमुख सिंहले इस्कन वीरगंजको भवन निर्माणका लागि महानगरले जग्गा प्रदान गर्ने कुरामा पहल चाल्ने आश्वासन दिए ।

कार्यक्रममा तीनजना आध्यात्मिक विभूतिहरू रूपेश्वर गौर दास, पात्री दास र अमोघ लीला दासले दिव्य ज्ञान दिंदै शिक्षाबाट सबैले व्यक्तिगत विकास र आध्यात्मिक उत्थानको बाटोमा लाग्ने अवसर प्राप्त गर्ने बताए ।

उनीहरूले मानवजीवनमा आइपर्ने समस्याहरूलाई कसरी निदान गर्ने र मानवजीवनमा गर्ने कार्यहरूका बारेमा पनि प्रकाश पारेका थिए । युक्रेनबाट सहभागिता जनाएका पात्री दासले आध्यात्मिक ज्ञानले मानिसमा केही न केही परिवर्तन अवश्य हुने बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, सामाजिक कार्यकर्ता प्रकाश थारू, डा सञ्जय अग्रवाल, डा मनोज गुप्ता, डा अशोक दास, वीरगंज युवा समाजका कमल चौगाईं, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण दिवेस मानवसेवाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here