• नवराज रिजाल

‘क’ समूहले रमेशको गाउँमा कार्यक्रम राख्यो । केहीले तिनीहरूका विचार, धारणा र माइता सुने । ऊ त्यो समूहबाट ज्यादै प्रभावित बन्यो । अन्त्यमा प्रदर्शन गरिएको जुलुसमा सहभागी बन्यो । सहभागी नहुनेहरूले उसलाई ‘क’ समूहको व्यक्ति ठाने ।

केही पछि ‘ख’ समूूहले त्यस्तै कार्यक्रम उसकै गाउँमा आयोजन ग¥यो । तिनीहरूका विचार र धारणा पनि आकर्षक नै थिए । ऊ तिनीहरूबाट पनि प्रभावित नभई रहन सकेन । शुरूदेखि अन्त्यसम्म श्रोता भएर बसेपछि निकालिएको भव्य र आकर्षक जुलुसमा सामेल भयो, टाढाबाट नियाल्नेहरूले उसलाई ‘ख’ समूहको माने ।

अघिल्ला दुई समूहको जस्तै कार्यक्रम करीब दुई महीनापछि ‘ग’ समूहले पनि ग¥यो । त्यसमा आसीन वक्ताहरूको मन्तव्यपछि उसले अघिल्ला दुईभन्दा यो समूह उपयुक्त, गतिशील र विकासप्रेमी भएको ठहर ग¥यो र जुलुसमा सहभागी बन्यो । चिन्ने जान्ने सबैले उसलाई ‘ग’ समूहको व्यक्ति सोचे ।

तर ऊ तिनीहरूको परिभाषादेखि असन्तुष्ट थियो । ऊ मान्छेको अविभाजित परिभाषा पहिल्याउन चाहन्थ्यो । मान्छे केवल मान्छे हो, अरू होइन यस्तै सोच्थ्यो । मान्छे त मान्छे मात्र हुन सक्छ कल्पना गथ्र्याे ।

आफू सिङ्गो मान्छे भएको देखाउन केही समय ऊ चुपचाप लाग्यो । कतै देखिएन र मत पनि जाहेर गरेन । यहाँसम्म कि गत निर्वाचनमा समेत मतदान गरेन ।

निर्वाचन सकिएको केही समयपछि समातियो । ऊमाथि मतदान नगरेकोमा अभियोग थियो । यतिखेर ऊ अभियोगपत्रलाई हातमा खेलाउँदै समाजतिर जिज्ञासु नजरले हेरेर सोधिरहेको छ, “मान्छेको परिचयपत्र यही हो त ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here