विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन, सिकाउन, टिकाउन र बिकाउनका लागि नेपाल सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नेपाल सरकारको यस मिसनमा टेवा पु¥याउन विभिन्न विकास साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूले समेत सहकार्य गर्दै आएका छन् । तर पनि अपेक्षा अनुसारको शैक्षिक गुणस्तर प्राप्त हुन नसकेको अवस्था छ । आर्थिक लगानीबाट मात्रै शिक्षा क्षेत्रको प्रवद्र्धन सम्भव नरहेकोले शिक्षा क्षेत्रमा अपेक्षा अनुसारको नतीजा हासिल गर्न सबै सरोकारवालाहरूको सहयोगको खाँचो छ । गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि नियामक निकाय, शिक्षक, अभिभावक, विद्यार्थी र नागरिक समाजको सकारात्मक भूमिका अपरिहार्य रहे तापनि सबैजसो सरोकारवाला आआफ्नो भूमिकाबाट विमुख हुँदै गएको अवस्था छ । सरोकारवालाहरूको उदासीनताका कारण देशको शैक्षिक गुणस्तर दिन प्रतिदिन घट्दै गएको कुरा परीक्षाको अन्तिम नतीजा र विभिन्न अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका प्रतिवेदनहरूले देखाएका छन् । गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको भूमिका अनिवार्य रहे तापनि अभिभावकको मात्रै सकारात्मक भूमिका, प्रयास र लगानीबाट शिक्षामा सुधार सम्भव छ । शिक्षामा सुधार ल्याउन अभिभावकहरू आफ्नो बालबालिकाको भविष्यप्रति सजग हुनुपर्छ । बालबालिकालाई विद्यालय पठाएर र पढाइमा सहयोग पु¥याएर, बालबालिकालाई घरमा पढ्ने वातावरणको सृजना गरेर, बालबालिकाले घरमा पढ्नेबारे सुनिश्चितता गरेर, बालबालिकालाई बाल पुस्तकालय तथा क्लबहरूमा पढ्न अभिप्रेरित गरेर, बालबालिकाको सिकाइबारे शिक्षकसँग अन्तत्र्रिmया गरेर र बालबालिकाको पढाइमा मदत पु¥याउन अन्य अभिभावकसँग छलफल गरेर अभिभावकले आआफ्नो बालबालिकाको शैक्षिक सुधारमा महŒवपूर्ण भूमिका खेल्न सक्छ । तसर्थ अभिभावकका यी भूमिकाहरूबारे थप चर्चा गर्न आवश्यक छ ।
बालबालिकालाई विद्यालय पठाउन र पढाइमा सहयोग :
बालबालिकाको भविष्यलाई ध्यानमा राखी उनीहरूलाई नजीकको राम्रो विद्यालयमा भर्ना गर्नु अभिभावकको पहिलो दायित्व हो । भर्ना भएका बालबालिकालाई नियमितरूपमा विद्यालयमा पठाउन, उनीहरूलाई चाहिने आवश्यक शैक्षिक सामग्री, पोशाक तथा खाजाको व्यवस्था गर्न अभिभावक स्वयम् जिम्मेवार हुनुपर्छ । विद्यालयबाट घर फर्केर आइसकेपछि बालबालिकाले विद्यालयमा के के कुरा सिके भन्नेबारे अभिभावकले सोधखोज गर्दा विद्यालय गई पढाइमा ध्यान नदिने बालबालिकाहरू पढाइप्रति ध्यान दिन बिस्तारै शुरू गर्न थाल्छन् । यसका अलावा बालबालिकालाई गृहकार्य पूरा गर्नमा सहयोग गर्नुका साथै अभिभावकले ज्ञानमूलक तथा सन्देशमूलक कथा, कविता सुनाएर र स्थानीय कला तथा संस्कृतिको बारेमा बताएर बालबालिकाको पढाइ तथा सिकाइ प्रवद्र्धनमा सहयोग पु¥याउन सक्छन् ।
बालबालिकालाई घरमा पढ्ने वातावरणको सृजना :
पठन संस्कृतिको विकास गर्न र सिकाइ प्रवद्र्धन गर्न अभिभावकले बालबालिकाका लागि घरमा पढाइ कुना निर्माण गर्नु अभिभावकको दोस्रो दायित्व हो । बालबालिकाका लागि घरमा पढाइ कुना नहुँदा विद्यालयबाट घर फर्किंदा बालबालिकाले घरका फरकफरक दिशामा कहीं विद्यालय पोशाक फुकालेर फाल्ने, कहीं झोला फाल्ने र कहीं जुत्ता फाल्दै खान र खेलकूदमा होमिंदा रहेछन् । जसले गर्दा भोलिका लागि बालबालिकालाई विद्यालयको लागि तयारी गर्दा अभिभावकहरू खासगरी महिलाहरूले ठूलो समय खर्चिनुपरेको अवस्था छ । बालबालिकाका लागि घरमा पढाइ कुना निर्माण गर्दा बालबालिकाले आफ्नो विद्यालय पोशाक, झोला र जुत्ता एकै स्थानमा राख्न पाउने र दैनिकरूपमा सोही स्थानमा बसेर पढ्ने वातावरण सुनिश्चित गर्दा उनीहरूको पढाइ र सिकाइमा मदत पुग्ने निश्चित देखिन्छ । घरमा पढाइ कुना निर्माण गर्दा अभिभावकले खासै थप आर्थिकभार पनि बेहोर्नुपर्दैन । अभिभावकले घरको कुनै एक कुनालाई पढाइ कुनाको रूपमा छनोट गर्नुपर्छ । पढाइ कुनामा बस्नका लागि आफ्नो आर्थिक क्षमताले भ्याएसम्म कुर्सी/टेबल वा सुकुल वा बोराको व्यवस्था, विद्यालय पोशाक झुन्ड्याउनका लागि एक सानो दराज वा टिन/काठको बक्सा वा ह्याङ्गरको व्यवस्था र बत्तीको व्यवस्था गर्न सक्छ ।
बालबालिकाले घरमा पढ्छन् भन्नेबारे सुनिश्चितता :
बालबालिकाले दैनिक २४ घण्टामध्ये ६ घण्टा मात्रै विद्यालयमा व्यतीत गर्ने र बाँकी १८ घण्टा घरमैं बिताउने भएकाले अभिभावकले बालबालिकाका लागि घरमा पढ्ने वातावरणको सुनिश्चितता गर्नु अभिभावकको तेस्रो दायित्व हो । बालबालिकाहरू घरमा बसेर बिहान, बेलुकी कम्तीमा पनि एक/एक घण्टाका दरले पढ्दा उनीहरूको सिकाइ उपलब्धिमा सुधार आउने निश्चित छ । यसरी बालबालिकाहरू घरमा पढ्दा अभिभावकले पनि आफ्नो बालबालिकाका लागि दैनिक १० मिनेट मात्र समय प्रदान गर्दा बालबालिकाको शैक्षिक उपलब्धि सुधारमा दुई गुणाले वृद्धि आउने प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको एक अध्ययनले देखाएको छ । वर्तमानमा बालबालिकाको शिक्षा पूर्णरूपमा विद्यालय तथा शिक्षकमाथि निर्भर रहेका कारण सिकाइ उपलब्धि कमजोर हुँदै गएको छ । तसर्थ शैक्षिक सुधारका लागि अभिभावकले आफ्नो बालबालिकाको लागि समय छुट्याउन जरुरी छ । अभिभावकले बालबालिकाको पढाइको लागि समय प्रदान गर्दा बालबालिकाहरूमा पढ्ने इच्छासमेत बढ्छ ।
बालबालिकालाई पुस्तकालय तथा क्लबहरूमा पढ्न अभिप्रेरित गर्ने :
पठन सीप प्रवद्र्धनका लागि एकमात्र उपाय हो, धेरैभन्दा धेरै पढ्नु । पढ्नका लागि चाहे पाठ्यपुस्तक होस् वा पूरक सन्दर्भ सामग्री, शिक्षण सिकाइ सामग्री होस् वा समाचारपत्र । विद्यार्थीले जति धेरै पढ्यो, त्यति नै धेरै उनीहरूको पढाइ तथा सिकाइमा सुधार आउन मदत पुग्छ । जसले गर्दा बालबालिकालाई पुस्तकालय तथा बालक्लबहरूमा आबद्ध गराइ उनीहरूको पढाइका लागि अभिप्रेरित गर्नु अभिभावकको चौथो दायित्व हो । पुस्तकालय तथा बालक्लबहरूमा आबद्ध हुँदा बालबालिकाहरू पढ्ने र सिक्ने वातावरणको सृजना हुनुका साथै पढाइ तथा सिकाइमा प्रतिस्पर्धाको वातावरण सृजना हुनमा सहयोग पुग्छ । यसरी पढाइमा प्रतिस्पर्धा बढ्दा बालबालिकालाई पढाइप्रति रुचि बढ्ने र धेरैभन्दा धेरै पढ्न पाउँदा बालबालिकाको पढाइ तथा सिकाइमा सहयोग पुग्छ । पुस्तकालय तथा बालक्लबहरूमा आबद्ध हुँदा बालबालिकामा कुलत तथा खराब आचरणबाट जोगिन मदत पुग्नुका साथै समाजमा एक असल नागरिकको रूपमा स्थापित हुनमा सहयोग पुग्छ ।
बालबालिकाको सिकाइबारे शिक्षकसँग अन्तत्र्रिmया :
बालबालिकाको सिकाइबारे शिक्षकसँग कुरा गर्नु र बालबालिकाको सिकाइमा कसरी मदत पु¥याउन सकिन्छ, सोबारे पत्ता लगाउनु अभिभावकको पाँचौं दायित्व हो । बालबालिकाको सिकाइका बारेमा शिक्षकसँग कुरा गर्दा बालबालिकाको बलियो पक्ष र कमजोर पक्ष पत्ता लगाउनमा सहयोग पुग्छ । बालबालिकाको कमजोर पक्ष समयमैं पत्ता लाग्दा अभिभावकले सो कमजोर पक्षलाई सुधार गर्न पर्याप्त समय पाउँछन् । जसले गर्दा बालबालिकाको कमजोर पक्ष सुधार्नका लागि आफूबाट हुन सक्ने योगदानको लागि अभिभावक सदैव तत्पर रहन्छन् । अभिभावकले बालबालिकाको कमजोर पक्षमा ध्यान दिंदा बिस्तारै बालबालिकाको पढाइ तथा सिकाइमा सुधार आउनमा सहयोग पुग्छ । अभिभावकहरू विद्यालयमा गई आआफ्ना बालबालिकाको पढाइ तथा सिकाइको बारेमा कुरा गर्न थालेपछि शिक्षकहरू विद्यालयमा नियमित उपस्थित हुन र बालबालिकाको पढाइ तथा सिकाइमा ध्यान दिन बाध्यात्मक अवस्थाको समेत सृजना गर्नमा मदत पुग्छ । यसका साथै अभिभावकहरू विद्यालयमा निरन्तररूपमा आउजाउ गर्न थालेपछि दिवाखाजाको गुणस्तरीयतामा सुधार आउनुका साथै शैक्षिक सुशासनको प्रत्याभूतिमा समेत सहयोग पुग्ने देखिन्छ ।
बालबालिकाको पढाइमा मदत पु¥याउन अन्य अभिभावकसँग छलफल :
पढाइ तथा सिकाइमा अब्बल, राम्रा, औसत तथा कमजोर गरी चार किसिमका बालबालिका विद्यालयमा हुन्छन् । आफ्नो घरका सबै बालबालिका पढाइ तथा सिकाइमा अब्बल होस् भन्ने चाहना सबै अभिभावकमा हुन्छ । तर चाहनाले मात्रै बालबालिकालाई पढाइमा अब्बल बनाउन सकिंदैन । यसका लागि शिक्षकको सहयोगमा अभिभावकले आफ्नो बालबालिकाको पढाइ तथा सिकाइको स्तर पत्ता लगाउन र सिकाइमा अब्बल र राम्रा बालबालिकाको अभिभावकहरूलाई समेत पहिचान गर्नुपर्छ । बालबालिकाको सिकाइको स्तर पत्ता लागेपछि आफ्नो बालबालिकालाई अब्बल बनाउने कि राम्रो, सोबारे अभिभावकले निर्णय लिन सक्नुपर्छ । त्यसपछि अभिभावकले पढाइमा अब्बल रहेका बालबालिकाका अभिभावकसँग भेटघाट तथा छलफल गर्नुपर्छ । पढाइमा अब्बल हुनुको कारण पत्ता लगाइसकेपछि अभिभावकले आफ्नो क्षमताले भ्याएसम्म बालबालिकामा थप लगानी बढाउनु सक्नुपर्छ । तसर्थ बालबालिकाको पढाइमा मदत पु¥याउन अन्य अभिभावकहरूसँग छलफल गर्नु अभिभावको छैटौं दायित्व अन्तर्गत पर्छ ।
आजको बालबालिका भोलिका कर्णधार हुन् । बालबालिकाहरूमा समुचित लगानी गर्दा अधिकांश बालबालिकाले जीवनमा सफलता हात पार्ने सम्भावना उच्च हुन्छ । बालबालिकाको भविष्य धेरै हदसम्म अभिभावकको हातमा रहेकाले अभिभावकको शिक्षाप्रतिको सचेतीकरणबाट बालबालिकाको उज्ज्वल भविष्य सम्भव छ । गर्भावस्थादेखि युवावस्थाको हरेक खुड्किलोमा बालबालिकालाई उचित स्याहारसुसार, हेरचाह, रेखदेख, उचित मार्गदर्शन तथा लगानी आवश्यक रहेकाले यसमा अभिभावकको सक्रियता आवश्यक छ । बालबालिका विद्यालय जाने उमेरको भएपछि कस्तो विद्यालयमा र कसरी पठाउनेबारे अभिभावक सजग हुनुपर्छ । विद्यालयको छनोटमा अभिभावकले राम्ररी ध्यान नपु¥याए गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिंदैन । बालबालिका विद्यालय भर्ना भएपश्चात् उनीहरूका लागि चाहिने आवश्यक शैक्षिक सामग्री, झोला, पाठ्यपुस्तक, पोशाक र खाजाको उचित प्रबन्ध अभिभावकले मिलाउन सक्नुपर्छ । यसका साथै मासिकरूपमा विद्यालयको अनुगमन गरी बालबालिकाको शैक्षिक अवस्थाको बारेमा शिक्षकसँग बुझ्न र शिक्षकको परामर्शबमोजिम बालबालिकामा थप लगानी गर्नुपर्ने क्षेत्रको पहिचान गरी सोहीबमोजिम लगानी गर्नु आवश्यक देखिन्छ । विद्यार्थीको कमजोर शैक्षिक अवस्थालाई ध्यानमा राखी अभिभावकले थप कोचिङ तथा ट्युशन कक्षाको व्यवस्था गर्न सक्छ । विद्यालयमा आयोजना हुने विभिन्न शैक्षिक कार्यक्रम, अभिभावक भेला तथा बैठक आदिमा सहभागी भई अभिभावकले बालबालिका, विद्यालय तथा शिक्षकलाई आवश्यक सहयोग गर्नतर्फ अग्रसरता देखाउनुपर्छ । अभिभावकको सक्रिय सहभागिताबाट विद्यार्थी, विद्यालय तथा समुदायमा सकारात्मक सन्देश जाने र यसबाट शैक्षिक गुणस्तरीयताको सुनिश्चिततामा टेवा पुग्ने हुँदा शैक्षिक सुधारका लागि अभिभावक परिचालन आजको आवश्यकता हो ।