नितेश कर्ण, वीरगंज, २० मङ्सिर/
पाँच वर्षमा लाग्ने गढीमाई मेला सर्लाहीमा पनि बिहीवारदेखि शुरू भएको छ । सर्लाहीको कविलासी नगरपालिका– ६ जमुनियामा आजदेखि लागेको गढीमाई मेलाको मधेस प्रदेशका अर्थमन्त्री सुनील यादवले गरेका थिए ।

सो अवसरमा उनले गढीमाई हिन्दूहरूको आस्था र मधेसको सांस्कृतिक पहिचान भएकोले यसको संरक्षण र संवद्र्धन गर्न मधेस प्रदेश सरकार पछि नपर्ने बताए ।

सांसद हरि उप्रेतीले गढीमाईमाथि जनजनको विश्वास दिन प्रतिदिन बढ्दै गइरहेकाले यसलाई अझ व्यवस्थित बनाउँदै सभ्य र भव्यरूपमा सञ्चालन गरिने बताए ।

कार्यक्रममा नगरप्रमुख ब्रह्मदेव यादव, उपप्रमुख पूनम कर्णसमेत विभिन्न राजनीतिक दलका नेताहरूले गढीमाईको महिमा वर्णन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here