प्रस, वीरगंज, २० मङ्सिर/
माईस्थान इही समिति वीरगंजको आयोजनामा बिहीवार माईस्थान पार्कमा सामूहिक इही बेलविवाह सम्पन्न भएको छ । कार्यक्रममा २५ जना नेवार कुलमा जन्मिएका छोरीहरूको सामूहिक बेलविवाह भएको हो । इही समिति वीरगंजका महासचिव सुनील जोशीले माईस्थान इही समितिले ४१ वर्षदेखि नेवार कुलमा जन्मिएका छोरीहरूको सामूहिक बेलविवाह गराउँदै आएको बताए । उनले नेवार कुलमा जन्मेका छोरीले पहिलो विवाह महीनावारी अघि बेललाई भगवान् विष्णुको प्रतीक मानेर विवाह गर्ने परम्परा अनुसार बेलविवाह कार्यक्रम गरिंदै आएको बताए ।

सूर्य पूजा र दर्शन मात्रै हुने र कन्यादान नगर्ने भएकाले सूर्यदर्शन विवाह होइन भन्ने धारणा छ । सुवर्ण कुमारसँग विवाह गरिसकेपछि रजस्वला हुनु अघि नै बेलविवाह गरिन्छ । उनले बेलविवाह भनेको विवाह हो र नेवार समाजमा यो बढी महŒवपूर्ण हुने बताए । उनले यो एक प्रकारको विवाह भएको र यो परम्परा नेवारबाहेक नेपालका अन्य जातिमा नरहेको दाबी गरे । बेलविवाह कार्यक्रम सम्पन्न गर्नका लागि प्रतिव्यक्ति रु ३५ सय लिएको र शुल्क तिर्न नसक्नेहरूलाई पनि सहभागी गराइएको उनले बताए । काठमाडौंका नेवार बाजेलाई बोलाएर विधिपूर्वक बेलविवाह सम्पन्न गरेको उनले बताए ।

माईस्थान इही समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुन्दर श्रेष्ठ, कोषाध्यक्ष अनन्तलाल जोशीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here