प्रस, वीरगंज, १९ मङ्सिर/
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री तथा नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्माले पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयको मङ्गलवार अनुगमन गरेका छन् ।

मन्त्रीद्वयलाई डिभिजन वन अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जभित्र रहेका विविध वन्यजन्तु र हरियाली वन संरक्षणका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले नेपालमा संरक्षित पशुपक्षीहरूको संरक्षणका लागि भएका कार्यबारे मन्त्रीद्वयलाई जानकारी गराएका थिए ।
वनजङ्गल, जङ्गली जनावरहरूलाई संरक्षण गर्न र प्राकृतिक सम्पदाको दिगोपन सुनिश्चित गर्न प्रादेशिक सरकारबाट अझ सहयोगको आवश्यकता रहेको उनले बताए ।

मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री क्षत्रीले अमूल्य जैविक विविधताको संरक्षण र यस क्षेत्रको जीवनलाई सहयोग गर्ने पारिस्थितिक सन्तुलन कायम गर्न सरकार र स्थानीय अधिकारीहरूबीचको सहकार्यको महŒवमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जगरनाथपुर गापा प्रमुख श्रीकान्त यादव, नेका बारा जिल्लाका सचिव राजेश रौनियारलगायत नेताहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here