प्रस, वीरगंज, १७ मङ्सिर/
नेपाल पत्रकार महासङ्घले यही मङ्सिर २८ गते निर्वाचन गर्नेगरी मङ्गलवार पर्सा जिल्लाको सदस्यता सूची सार्वजनिक गरे लगत्तै सो निर्णयविरुद्ध शाखा कार्यालयमा तालाबन्दी गरिएको छ ।प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष तुलसी भण्डारी, नेपाल प्रेस मञ्चका अध्यक्ष वीरेन्द्र साह र मधेसी पत्रकार मञ्चका उपाध्यक्ष मनोज मिश्रले शाखा कार्यालयको मूलद्वारमा आज दिउँसो तालाबन्दी गरे । उनीहरूले लामो समयदेखि शाखा सदस्यताको विवाद रहेको र यस अवधिमा नेपाल पत्रकार महासङ्घले गत असोज १९ गते भक्तपुरमा जिल्ला र प्रदेशको राष्ट्रिय भेला गरेर शाखा र प्रदेशले सिफारिश गरेकाहरूको नवीकरण, सदस्यता लिने निर्णर्यविपरीत छ महीना अघिदेखिकै विवादित सदस्यता सूचीलाई मङ्गलवार केन्द्रीय कमिटीले पठाएको भन्दै सोमा आपत्ति जनाएर तालाबन्दी गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले जिल्ला र प्रदेशबाट सिफारिश गरिएकाहरूलाई सदस्यता प्रदान गर्ने राष्ट्रिय भेलाको म्यान्डेन्टविपरीत पुरानै विवादित सदस्यता सूची पठाएर केन्द्रले खेलबाड गर्न खोजेको आरोप लगाएका छन् । उनले केन्द्रीय कमिटीको चाहना चुनाव नहोस् नै रहेकोले सो सूची पठाएर विवाद बढाएको आरोप लगाए ।

पर्सा र सिराहाको हकमा राम्रो भएन– प्रदेश अध्यक्ष 
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले केन्द्रीय कमिटीले पछिल्लोपटक पठाएको सदस्यता सूचीमा पर्सा र सिराहाको हकमा अन्याय गरिएको बताएका छन् । उनले राष्ट्रिय भेलामा एकथरी निर्णय गर्ने र सदस्यता सूची अर्को पठाएर दोहोरो नीति अपनाएकोले सो कार्य सहन नहुने बताए ।

पत्रकार महासङ्घ लोकतान्त्रिक भएन– रौतहट अध्यक्ष झा
नेपाल पत्रकार महासङ्घ, रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले महासङ्घ लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको आरोप लगाएका छन् । उनले आफ्नो शाखामा ५६ जना पुराना सदस्य रहेका र १७ जना नयाँ सदस्यको आवेदन परेकामा पुरानाबाट ११ जनाको नवीकरण नभएको र नयाँ सदस्य एकजनालाई पनि सदस्यता नदिने गरी सहमति गराइएकोमा आपत्ति जनाए । उनले रौतहटमा तोकिएको समयमा निर्वाचन हुने तर महासङ्घको चरित्र लोकतान्त्रिक नदेखेको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here