प्रस, वीरगंज, १७ मङ्सिर/
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छवटा प्रदेशमा रहेका समता विद्यालयलाई सहयोग गरेकोमा सोमवार बन्दी सुधारगृह (वीरगंज कारागार)स्थित समता विद्यालयले कार्यक्रम आयोजना गरी धन्यवाद ज्ञापन गरेको छ ।

समारोहमा विद्यालयकी प्रधानाध्यापिका अनामिका मिश्रले नबिल बैंक व्यवस्थापनले सामाजिक उत्तरदायित्व वहन गरी विद्यालयलाई सहयोगको लागि छनोट गरेकोमा धन्यवाद दिंदै भविष्यमा पनि बैंकबाट सहयोगको अपेक्षा गरेकी थिइन् ।

नबिल बंैंकलाई सामाजिक उत्तरदायित्व वहन गराउन सहयोगी भूमिका खेलेका बैंकका शेयरधनी इन्जिनीयर बैजुनाथ रौनियारले निजी क्षेत्रले देशको शिक्षा क्षेत्रमा लगानी गर्दा विपन्न वर्ग लाभान्वित हुने भएकोले अन्य संस्थाले पनि सामाजिक उत्तरदायित्व वहन गर्दा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

नबिल बैंक वीरगंज शाखाका प्रबन्धक विशेष दैवज्ञले बैंकले मुनाफाको केही अंश बर्सेनि सामाजिक उत्तरदायित्व वहन गर्नमा खर्च गर्ने गरेको बताए । उनले शिक्षा क्ष्Fेत्रमा लगानी गर्न बैंक सधैं तत्पर रहेको जानकारी गराए । कार्यक्रममा बैंकका सहायक प्रबन्धक विक्रम कुँवर तथा विद्यालयका शिक्षिकालगायतको सहभागिता थियो ।

यसैगरी, इन्जिनीयर रFैनियारले आज वीरगंज कारागारमा रहेको पुस्तकालयमा ४५ थान पुस्तक सहयोग गरेका छन् । कारागारका चौकीदार विकास कलवारलFई ई रFैनियारले पुस्तक हस्तान्तरण गरेका थिए । साहित्यिक, धार्मिक, आर्थिकलगायत विभिन्न विधाका पुस्तक कैदीबन्दीहरूका लागि अध्ययनमा सहायक हुने विश्वास आफूले लिएको ई रौनियारले बताए । चौकीदार कलवारले कारागारको पुस्तकालयमा पुस्तकको अभाव रहेको र त्यहाँ रहेका पुस्तकहरू कैदीबन्दीहरूले अध्ययन गरिसकेकाले पुस्तकालयमा नयाँ पुस्तकको निरन्तर माग रहने गरेको बताए । कैदीबन्दीलाई समय कटाउन पनि पुस्तक अत्यन्त उपयोगी हुने भएकोले अन्य दाताहरूलाई पनि कारागारमा पुस्तक सहयोग गर्न उनले अपील गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here