लक्ष्मणवामा एक लोकप्रिय पण्डित थिए । उनको नाम थियो, रामलाल उपाध्याय । उनको जजमानी टाढा–टाढासम्म थियो । तर हरैयाको जजमान सुरतालीको परिवारसँग उनको धेरै उठबस हुन्थ्यो । यो कहानी उनै परिवार र रामलाल उपाध्यायबीचको संवादको हो, जसले त्यस बेलाको गाउँले समाजको भेउ पाइन्छ ।
पण्डित रामलाल– सधुइयाकी आमा, ओई सधुइयाको आमा, सुरताली कहाँ छन् ? म आएको छु पण्डित रामलाल ।,
सुरतालीकी स्वास्नीः पाव लागी पण्डीजी । बस्नुस् । अरे बस्नको चटी लिएर आइजा छोरी पर्वतिया ।
पण्डित रामलाल– अरे ना ना, छोडिदेऊ सधुइयाकी आमा । खुश रह । म चैनपुरबाट आउँदै छु । अबेला हुन्छ । तिमीलाई त थाहै छ । अब त्यो समय रहेन । बाटो चिप्लो भएर कहीं गिरपर जानेछु । कति ठूलो पानी महनजीको खेतमा पार गर्नुपर्छ ?
म हिजोदेखि नै बाटो हेरिरहेकी छु कि पण्डीजी आउनेछन् ? खरिहानी पनि राखिएको छ । यो सोध्नु थियो कि एकारसी कहिले छ ?
हँ, एकारसी त भोलि साधुहरूको र परसी तिमीहरूको हो । तर सधुइयाकी आमा तिमी त केवल एतवार गर्थी । यो एकारसी कहिलेदेखि शुरू गरेकी हौ ? मलाई थाहा थिएन, त्यसैले आएन नि उही कोरपोछुवा छोरोको लागि पण्डीजी । उही प्रभाकरको इन्जियरीमा भइहाल्छ भने भगवान्को ठूलो कृपा हुनेछ । त्यसैको लागि निर्जला एकारसी शुरू गरेकी छु । महाराजजी आज ठूलो पोको लिएको छ नि ?
हF, हिजो त म कहीं पनि गइनँ । आज वटेसरको घरमा कथा थियो । तिमीलाई त थाहै छ कि मलाई जानु नै पर्छ । मान्छेले भन्छन् कि जबसम्म रामलाल पण्डीजीबाट साधुवनियाको हालखबर सुनिएन, तबसम्म सत्यनारायण कथालाई के सुनिने ? अरे त्यही हिङ, हर्दी, तइपात, मरीच, मसला …
हो हो हो हे हे हे ही ही ही
त यहाँ पनि सत्यनारायण कथा शुरू छ ? पाव लागी पण्डीजी भरोसिया हाँस्दै त्यहाँ पुग्यो । अरे जिअ हे पेटु दास आउ बस । चन्दुलालाको के हालखबर छ ? रोगले पेट ठूलो भएको हुनाले भरोसियालाई मान्छे पेटुदास भन्थे । चन्दुलाल उसको बुबाको नाम थियो ।
भरोसिया ? खाली जिअ किन भन्नुहुन्छ पण्डीजी ? पेट लिएर जिन्दा त छँदै छु । यो भन्नुस् कि खुशी रह, आनन्द रह ।
अरे तिमी त स्वयम् अरूलाई आनन्द र खुशी राख्छौ, तिमीलाई त्यस्तो के भन्नु ? हो हो हो हे हे हे हि हि हि पण्डीजी पण्डीजी पाव लागिने, धदी मोटरिया ले भागिने । हे हे हे हो हो हो हि हि हि
साना साना बच्चाहरूको एउटा जुलुस दगुर्दै उतैबाट निस्केर गयो ।
हो हो हो पण्डितजी पनि हो हो हो गरेर हाँस्दै छन् । हेर हेर सबै एकै छाँटका बच्चाहरू छन् । सुरतालीको स्वास्नी कराएर भन्छिन्, “अरे छोरी पर्वतिया, पण्डीजीको खरिहानी लिएर आइजा । त्यही बाकसमाथि नाङ्गलोमा राखिएको छ ।”
अरे रहन देऊ जजमान । भोलि लग्नेछु । तिमीलाई त थाहै छ, जब म जवान थिए, तब यसै चैनपुरबाट दुई बोरा धानको पोको बनाएर काँधमा झुन्ड्याएर सबैलाई एकारसी तेरस बताउँदै आफ्नो घर जाने गर्थे । त्यो समय अब कहाँ रह्यो ? चौथोपनमा छाला लत्रिसकेको छ । बटेसरा आज यति ठूलो पोको दिएको छ कि हिंड्न नै गा¥हो भएको छ ।
गा¥हो भयो त मैले पु¥याइदिनेछु पण्डीजी । भरोसियाले पण्डीजीको पोकोमाथि हात फेर्छ । अरे तिमीले के पु¥याउन सक्छस् ? तिम्रो पेट यस पोकोभन्दा कम्ती छ के ? एक पोको पेटमा र अर्को काँधमा लिएर हिंड्छस् ।
पण्डीजी काँधमा त म तपाईंलाई पनि बोकेर लग्न सक्छु । यो त पोको हो । लग्ने, लग्ने, काँधमा मलाई लग्नैपर्छ तिमीले एक दिन । भगवान्ले मलाई शीघ्र उठाइ लेऊन् र तिमीले मलाई कFँध दिन पाउन सकौ । पण्डित रामलालले आँसु झार्न थाले । जब रगत छाद्न थाल्छ, तब भन्छु कि हे भगवान् म बूढोलाई बचाइराखेको र यस तन्नेरीलाई … । पण्डितजीले भरोसियाको कपालमाथि हात फेर्छन् ।
होइन पण्डीजी, भगवान्लाई अब निद्रा लागिसकेको छ । उसले हाम्रो सुन्दैन । कति उपचार गरेर छोडिदिए कि अब भगवान्लाई निद्रा आइसकेको छ ।
के गरूँ नाति ? कति नै जन्तर टोटका त मैले पनि गरें । तर केही पनि भएन । मेरो काबुबाहिरको कुरा हो ।
सबैको काबुबाहिरको कुरा हो पण्डीजी । अब भगवान्ले केही गर्नको लागि जीवित राखेका छन् जस्तो लाग्छ । मेरो स्वास्नी भुटीको लागि केही जग्गा र घर … ।
लिनुस् खरिहानी पण्डितजी । पर्वतिया बीचमा नै आइपुगिन् ।
खरिहानीविना अब तिमीहरूले जान दिंदैनौ । तिम्रो आमालाई थाहा छ । जवानीमा गाउँलेहरू सबैको खरिहानी एकै दिनमा लगिहाल्थे । अच्छा आज मेरो साग खोटेर ल्याइस् कि ल्याइनस् ? त्यसलाई पनि ल्याउ । पण्डितजीले पोकोभित्र खरिहानी राख्दै भने । पण्डीजी नित्य पर्वतियाद्वारा तोरी र चनाको साग अवश्य लाने गर्थे, जुन उनको प्रिय र मन परेको साग थियो । स्नेहले उनी पर्वतियाको भाइलाई सधुइया भन्थे । पर्वतियाको बुबा सुरताली कहाँ छन् ? यतिबेलासम्म पनि देखिएन नि ? अब पण्डितजीले पर्वतियाको आमातिर हेरेर सोध्छन् ।
पण्डीजी, उनी त अरेराज गएका छन् । सलेमपुरको पण्डीजी दिनानाथको घर । भन्थे उनीसँग कोरपोछुवा प्रभाकरको लागि पात्र देखाएर आउनेछु कि यसपटक पनि त्यसको इन्जियरीमा योग छ कि छैन ? पण्डितको भनाइ यही छ कि यस वर्ष पनि राम्रो योग छैन ।
अरे हा, उनी त मबाट पनि पात्र देखाएको थिए । सलेमपुरको पण्डित धेरै मसहुर छन् । उनी के भन्छन् ? मलाई पनि भन्नु ल ।
अरे पण्डीजी सलेमपुरको पण्डीजीले के भन्नेछन् ? चाकरी गर्दागर्दा प्रभाकरको गोडामा खिया लागिसक्यो । काकाले खेत बेचेर सबैलाई पढाइदिए । अब भरोसियाले बडो उद्वीग्न भएर भन्यो ।
त्यो त म हेरिरहेको छु नाति । सुरतालीले सम्पूर्ण सम्पत्ति भाइको दवाइ र बच्चाहरूको पढाइमा समाप्त गरिदिए । यस्तो बुबा मिल्न मुश्किल छ ।
के मिल्न मुश्किल भयो पण्डीजी ? यति सारो खरिहानी त लिएर जाँदै हुनुहुन्छ । अब के चाहियो ? प्रभाकरको दाइ सधुइया कतैबाट आयो र प्रणाम ग¥यो ।
खुशी रह बाबु, जबसम्म तिमी छौ भने के मिल्न मुश्किल हुनेछ ? धन्य यस्तो भाइ पनि, कतै मिल्न मुश्किल छ । प्रभाकरको लागि केही पनि गर्न बाँकी राखेनौ । प्रभाकरको बारेमा के खबर आयो इन्जियरीको ?
केही खबर आएन । हो त नि बाबु, बहुत मेहनत लेखिएको छ । काठमाण्डु गएको थियो र प्रभाकरले त रुढकीको लागि पनि परीक्षा दिएको थियो । के दुवैमा केही भएन ?
केही पनि भएन पण्डीजी । काठमाण्डु गएर के हुने हो ? चुनावको चक्कर थियो । तब गोपीनाथबाबूले ढोकामा नै आएर भने– हामीलाई भोट दिनुस् । मैले तपाईंको भाइलाई रूसमा पठाइदिनेछु । हामीलाई त विन मागे मुराद पूरा हुने भयो । गत वर्ष काङ्ग्रेसले केही गरेन त के भयो ? कम्युनिस्टले गरिदेलान् । तर पछि गोपीनाथबाबूले गिरधर लाठसँग एक लाख रुपैयाँ लिएर चुनाव नै लडेनन् । हाम्रो भोट मदतसँग उनको केही मतलब रहेन । इन्कार गरिदिए । भन्छन् कि तपाईंले अब जसलाई मदत गर्नु छ, गर्नुस् । रूसको सिट भरिसक्यो । रह्यो कुरा रूढकीवाला परीक्षाको । त्यस परीक्षामा प्रभाकरले त त्यसै बसिहाल्यो । त्यसमा त उसलाई पहिले नै आशा थिएन ।
एउटा मन्त्रीज्यूकोमा गयो । उनले भने फरेस्ट्रीको लागि म सिफारिश गर्न सक्छु तर इन्जियरीको लागि मेरो पहुँच छैन । त्यसपछि प्रभाकर उनकोमा जाँदै गएन । रूढकीको परीक्षामा बस्यो । त्यहाँ त दरबारको दरबारियाबाट नै फुर्सद छैन । मन्त्रीहरूकै छोराछोरी यति बढिसकेका छन् कि कुनै पञ्च भेलामा जानुस् भने लाग्छ कि नेपालका सबै मान्छे भूतपूर्व मन्त्री नै छन् । यी भूतपूर्वमध्ये यदि मेरो प्रभाकरको काम भयो भने त्यसभन्दा अभूतपूर्व काम अरू केही हुनेछैन । सो मैले आशा नै मारिदिए । त्यसपछि त्यहीको लागि फेरि चार सिटको खबर गोरखापत्रमा निस्कियो । हामी गए र के भयो सुनेर तपाईं पनि तीन छक्क पर्नुहुन्छ पण्डीजी । त्यसमा पत्ता लाग्यो कि रूढकीमा सबै विद्यार्थी गइसकेपछि चारजनाको लागि स्पेशल सिट निस्केको रहेछ । ती चारजनाको पहिले नै सेलेक्सन भइसकेपछि खाली देखाउनको लागि मात्र गोरखापत्रमा दरखास्त आह्वान गरिएको रहेछ ।
यस्तो पिकेटबाजी नाति ? बाफ रे, यस्तो अनर्थ बाबु ? यही सुन्न यहाँ अब बाँकी थियो ? अब मलाई बिदा देऊ बाबु भन्दै उदास मनले मन्दमन्द पाइला पण्डित रामलाल उपाध्यायले घरतिर उचाल्न थाले ।