प्रस, सिम्रौनगढ, १३ मङ्सिर/
करदाता शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रम सिम्रौनगढ नगरपालिकास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भएको छ ।
उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबू कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा कर, प्यान, प्यानको प्रकार, करको प्रकार, सहकारी ऐन, मूअकर, आयकर, कर पाटी, अन्तःशुल्क र अवैध मदिराबारेमा जानकारीका साथै करदाताको कर्तव्य तथा दायित्वका बारेमा छलफल भएको थियो ।
करदाता सेवा कार्यालय, कलैयाको आयोजना तथा उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको समन्वयमा भएको अन्तत्र्रिmयात्मक कार्यक्रममा करदाता सेवा कार्यालय, कलैयाका प्रमुख विष्णु सिंग्देल, नायब सुब्बा रमेशप्रसाद कुर्मी र विनयकुमार राउतले सहजीकरण गरेका थिए ।