प्रस, वीरगंज, १३ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, बाराले फरार सूचीमा रहेका १० जनालाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको छ । बारा प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका १० जनालाई पक्राउ गरी सम्बन्धित बारा जिल्ला अदालतमा पेश गरिएको बताए ।
उनले चोरी मुद्दामा दण्ड सजाय भएपछि कलैया उपमहानगरपालिका–१८ मोतिसर निवासी लालबाबू महतो धानुक, फेटा गापा–४ बतरा निवासी मुकेश मुखिया, निजगढ नपा–९ निवासी अमृत लामा, सिम्रौनगढ नपा–११ निवासी सन्तोषसाह तेली, वडा नं १० निवासी वकीलप्रसाद यादव, करैयामाई गापा–८ निवासी नागेन्द्र्र पण्डित, महागढीमाई नपा–२ शेषनाथ साह तेली, निजगढ नपा–१ निवासी जनकबहादुर स्याङ्तान र सोही स्थान निवासी प्रेमबहादुर स्याङ्तानलाई पक्राउ गरिएको बताए ।
बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय भएपछि यी अभियुक्तहरू फरार सूचीमा थिए ।