अहिले संसारभरि नै वैदेशिक रोजगारप्रति अभूतपूर्व आकर्षण बढेको छ । खासगरी अफ्रिका तथा दक्षिण एशियाका नागरिकहरूका लागि वैदेशिक रोजगार जीवनको सर्वाधिक ठूलो सपना हुन पुगेको छ । प्रत्येक वर्ष संसारभरिका विभिन्न देशहरूबाट लाखौंको सङ्ख्यामा व्यक्तिहरू रोजगारका लागि ठूलो धनराशि खर्च गरेर, जोखिम लिएर तथा ज्यानको नै बाजी थापेर धनी कहलिएका देशहरूतिर पुगिरहेका छन् । र त्यहाँ पुग्ने क्रममा लाखौं बाटैमा अलपत्र परिरहेका छन् । बर्सेनि हजारौंले ज्यान पनि गुमाइरहेका छन् । यति हुँदाहुँदै पनि वैदेशिक रोजगारप्रति व्यक्तिहरूको आकर्षण घटेको छैन । झन् बढेको छ, झन्झन् चुलिंदै गएको छ ।
वैदेशिक रोजगारप्रति नेपालीहरूको आकर्षण त झन् उत्कर्षमा छ । वैदेशिक रोजगारका लागि ठूलो सङ्ख्यामा नेपालीहरू संसारका अनेक देश पुगेका छन् । धनी देशहरूमा त पुगेकै छन्, गरीब देश पनि बाँकी छैनन् । रोजगारका लागि स्वदेश त्याग्ने नेपालीहरूको सङ्ख्या ठूलो छ । अनुमान गरिए अनुसार अहिले एक तिहाई नेपाली देशभित्र छैनन्, देश बाहिर छन् । र देश बाहिर हुने प्रमुख कारण रोजगार नै हो ।
रोजगारको लागि विदेश पुगेका हजारौं नेपालीहरूको कामको क्रममा अङ्गभङ्ग भएको छ । हजारौं गम्भीर दुर्घटनामा परेका छन् । गम्भीर दुर्घटनामा परेर हजारौंको ज्यान गएको छ । रोजगारका लागि विदेश पुगेका सयौं नेपालीहरूले आत्महत्या पनि गरेका छन् । रोजगारका लागि विदेश पुगेका नेपालीहरूको एक वर्षमा कति सङ्ख्यामा मृत्यु हुन्छ भन्ने नेपाल सरकारसँग भरपर्दो तथ्याङ्क छैन । यति हुँदाहुँदै पनि वैदेशिक रोजगारको आकर्षण घटेको छैन । झनै बढेर गएको छ ।
संसारभरिका मानिस र खासगरी युवाहरूलाई अति आकर्षित गर्ने रोजगार क्षेत्र के यथार्थमा त्यतिकै आकर्षक छ त ? अति नै आनन्दायी छ त ? राम्रो आय आर्जन गराउने स्थितिको छ त ?
यस आलेखमा भने वैदेशिक रोजगारको आर्थिक पक्षबारे बढी चर्चा गरिने छैन । वैदेशिक रोजगारका सुखदभन्दा दुःखद पक्षहरूबारे चर्चा गरिने छ । मनोवैज्ञानिक पक्षबारे बढी चर्चा गरिने छ ।
कुनै पनि देशले सर्वप्रथम आप्mनो देशका नागरिकलाई रोजगार उपलब्ध गराउने इच्छा मात्र गरेको हुँदैन, यो विषय प्राथमिकतामा नै राखेको हुन्छ । कुनै पनि देशले, आप्mनो देशमा हुने विभिन्न कामका लागि देशकै नागरिक उपलब्ध छैनन् भने मात्र अन्य देशहरूबाट श्रम (श्रमिक) आयात गर्दछ । प्रायः जोखिमपूर्ण, नीरस तथा जटिल प्रकृतिको कार्य आप्mना देशका नागरिकले गर्न नरुचाउने हुनाले त्यस किसिमको कार्य गर्न श्रम आयात गरिन्छ । विदेशी श्रमिकहरूलाई आप्mनो देशमा आएर कार्य गर्न अनुमति दिने गर्दछ । त्यसकारण वैदेशिक रोजगारमा जाने इच्छुकहरूले यो तथ्य राम्ररी थाहा पाउन आवश्यक छ कि विदेशमा पुगेर गर्ने कार्यको प्रकृति जोखिमपूर्ण, नीरस र जटिल हुन सक्छ । काम गर्दा अङ्गभङ्ग हुन सक्छ । लामो समयसम्म बिरामी हुने स्थिति हुन सक्छ । कार्यस्थलमैं मृत्युसमेत हुन सक्छ । यस्तो भएको छ । नेपालमा प्रत्येक वर्ष बन्द बक्सामा लाश बनेर विदेश पुगेका श्रमिकहरू फर्कने स्थितिले पनि यस कुराको पुष्टि गर्दछ । तलब, सुविधा आकर्षक भए तापनि तुलनात्मकरूपमा विदेश श्रमिकहरूले जोखिमपूर्ण, नीरस, कठिन कार्य गर्नुपर्दछ । यो संसारभरिको नै चलन हो ।
वैदेशिक रोजगारमा जाँदा प्रायः कार्य गर्ने स्थललगायत आपूm बस्ने ठाउँ–शहर मा व्यक्ति एक्लै बस्नुपर्ने स्थिति हुन्छ । एक्लै बस्न, मान्छे त के, पशुहरूलाई समेत कठिन हुन्छ । पशु, पक्षी, कीटपतङ्गसमेत समूहमा बस्ने गर्दछन् । अनि मानिस कसरी, त्यो पनि विदेशमा, एक्लै बसेर रमाउन सक्छ ?
वैदेशिक रोजगारको क्रममा यदि कुनै व्यक्तिले लामो समयसम्म एक्लै बस्नुपर्ने भएमा सो व्यक्ति मानसिक कुण्ठाको शिकार हुने उच्च सम्भावना हुन्छ । परिवार र आप्mनो समाजले दिने वातावरण स्वेच्छा होइन, यो अति आवश्यकता हो । यो आवश्यकता विदेशमा पूरा हुन नकसेर रोजगारका लागि विदेश पुगेका लाखौंको सङ्ख्यामा व्यक्तिहरू मानसिक रोगी भएको सयौं उदाहरण छन् ।
मानव सभ्यताले निर्माण गरेको अनेक महŒवपूर्ण संस्थाहरूमध्ये परिवार अति नै महŒवपूर्ण संस्था हो । यो संस्थाले व्यक्तिलाई बाँच्नका लागि ऊर्जा दिन्छ । सुखमा सुख वृद्धि गरिदिन्छ भने दुःखमा दुःख कम पारिदिन्छ । बाँच्नका लागि भोजन, जल, वायु, निद्रा आदि आवश्यक भएझैं परिवार पनि मानिसको लागि आवश्यक वस्तु सरह हो । परिवारको अभावमा कुनै पनि व्यक्ति स्वस्थ रहेर बाँच्न कठिन हुन्छ । यसै कारणले गर्दा परिवारको परिकल्पना गरिएको हो । यसको निर्माण गरिएको हो । पतिपत्नी, सन्तान, बाबुआमा, काकाकाकीजस्ता सामाजिक पात्रहरू सृजना गरिएको हो ।
वैदेशिक रोजगारका लागि विदेश पुगेकाहरूले परिवारबाट पाउने आनन्द गुमाउँछन् । रोजगारको सन्दर्भमा रोजगारका लागि लामो समयसम्म विदेश बस्नेहरूले त परिवारबाट पाउने आनन्द झनै बढी गुमाउँछन् ।
आर्थिक लाभको दृष्टिकोणले वैदेशिक रोजगार अति आकर्षक त छ तर यसका दुःखद पक्षहरू पनि धेरै छन् । त्यसकारण दीर्घकालीन लाभ र मनोवैज्ञानिकरूपमा स्वस्थ रहने हिसाबले वैदेशिक रोजगारलाई कदापि राम्रो मान्न सकिन्न । कुनै पनि देशबाट ठूलो सङ्ख्यामा व्यक्ति रोजगारका लागि संसारका अनेक देश पुगेमा त्यस देशले (जहाँबाट श्रमिकहरू विदेश गएका छन्) ठूलो मात्रामा जनशक्ति गुमाउँछ । नेपालमा अहिले त्यही भइरहेको छ । नेपालले अहिले ठूलो मात्रामा जनशक्ति गुमाएको स्थिति छ ।
जनशक्ति कम हुनु कुनै पनि देशको लागि सुखद स्थिति होइन । जनशक्तिको अभावले राष्ट्रिय उत्पादन व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्दछ । देशमा कम उत्पादन भएर, देश आयातमुखी हुन्छ । रोजगार बजार सङ्कुचित भएर देशभित्र बेरोजगारी बढ्छ । नेपालमा बेरोजगारी बढ्नुका अनेक कारणहरूमध्ये एउटा महŒवपूर्ण कारण यो पनि हो ।
कुनै पनि देशको ठूलो जनशक्ति रोजगारका लागि विदेश जानु त्यस देशको लागि दीर्घकालमा अति हानिकारक हो । कसरी ? ठूलो सङ्ख्यामा नागरिक रोजगारका लागि विदेश गएमा त्यस्तो देश ‘रेमिट्यान्समुखी’ हुन पुग्दछ । आपूmले कम उत्पादन गर्ने, विदेशबाट कमाएर ल्याएको पैसाले अर्को देशबाट खरीद गरेर खाने स्थितिमा पुग्छ । एउटा देशबाट कमाएर ल्याएको पैसा अर्को देशलाई बुझाउने स्थितिमा पुग्छ । अत्यधिक मात्रामा रेमिट्यान्स प्राप्त गर्ने देशले आप्mनो देशको कृषि र उद्योगलाई अनिवार्यरूपमा कमजोर पार्दछ । नेपालमा अहिले त्यही भइरहेको छ । संसारका अनेक देशबाट कमाएर ल्याएको पैसा हामीले अहिले भारतीय र चिनियाँ वस्तु खरीद गर्नमा खर्च गरिरहेका छौं । विदेशबाट कमाएर ल्याएको पैसा चीन र भारत पठाइरहेका छौं । यस कारणले गर्दा हाम्रो आप्mनो उत्पादनको सङ्ख्या तीव्ररूपमा घट्ने क्रममा छ ।
जनसङ्ख्याको एउटा खास अंश मात्र वैदेशिक रोजगारमा जानु उचित हो । ठूलो सङ्ख्यामा जानु उचित होइन । रोजगारका लागि ठूलो सङ्ख्यामा नागरिकहरू विदेश जाने स्थितिले देशलाई दीर्घकालमा दरिद्र पार्छ । आर्थिकरूपमा त दरिद्र पार्छ नै, अनेक सामाजिक समस्याहरू पनि ल्याउँछ ।
कुनै पनि देशमा नयाँनयाँ किसिमका उद्योगहरूको सृजना गर्ने कार्य युवाहरूले नै गर्दछन् । नयाँनयाँ व्यापारको सृजना गर्ने कार्य पनि युवाहरूले नै गर्दछन् । नयाँनयाँ वस्तु एवं सेवाको विकास एवं आविष्कार पनि युवाहरूले नै गर्छन् । अनेक किसिमका व्यापारिक कार्य गरेर देशमा रोजगारको स्तर वृद्धि गर्ने अनि देशलाई आर्थिकरूपमा सबल पार्ने जिम्मेवारी पनि युवाहरूकै हो । देशभित्र विकासको लहर युवाहरूले नै ल्याउने हो, सरकार केवल माध्यम हो । एक सहजकर्ता मात्र हो । नेपालको सन्दर्भमा भने सरकार शासक मात्र बनेको छ ।
देशलाई समृद्ध पार्ने युवाहरूले नै हो । प्रौढहरूको अनुभव युवाहरूले नै उपयोग गर्ने हो । त्यसकारण युवाहरू विकासका ‘कर्ता’ हुन् । तर दुःखद पक्ष, हाम्रो देशमा प्रत्येक दिन हजारौंको सङ्ख्यामा युवाहरू स्वदेश परित्याग गरिरहेका छन् ।
वैदेशिक रोजगार लघुकालमा अति लाभदायक भए तापनि दीर्घकालमा भने यो घातक हो । वैदेशिक रोजगारमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा नेपालीहरू विदेशतिर लाग्ने अवस्थाले नेपाललाई आर्थिकरूपमा कमजोर पार्दैछ । यो महŒवपूर्ण तथ्य बुझ्न आवश्यक छ । अहिले नेतृत्वमा रहेका र भोलि नेतृत्व गर्नेहरूले बुझ्न झन् आवश्यक छ ।