प्रस, बिरुवागुठी, ८ मङ्सिर/
पर्सागढी नगरपालिका–३ बडनिहार बजारबाट वन गस्ती टोलीले १७ सेट काठका झ्यालढोकाका फ्रेमसहित एकजनालाई पक्राउ गरेको छ ।
बडनिहारबाट वीरगंज महानगरतर्फ शनिवार लग्दै गरेको ना.३त ३२२७ नम्बरको ट्याक्टरबाट १७ सेट काठका झ्यालढोकाका फ्रेममा बरामद भएपछि चालक वीरगंज महानगरपालिका–२९ निवासी अनिलप्रसाद चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बडनिहारका जमदार जीतबहादुर तामाङले बताए ।
उनले ट्याक्टरमा १० सेट झ्यालका फ्रेम, सात सेट ढोकाका फ्रेम रहेको बताए । विनाकागजपत्रका काठका झ्याल र ढोका बरामद भएपछि चालक चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जमदार चौधरीले बताए ।