प्रस, वीरगंज, ७ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, पर्साले हिजो र आज गरी दुई दिनमा ९२ किलोे गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

ना.४ख ९२५८ नम्बरको मिनीट्रकका चालक ३६ वर्षीय शान्तबहादुर तिमिल्सिना, मिनीट्रकमा सवार ४८ वर्षीय प्रेम रूम्बा र ३८ वर्षीय सूर्यबहादुर मोक्तानलाई गाँजा बरामदपछि शुक्रवार पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

उनले सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता, लागूऔषध नियन्त्रण ब्यूरो पर्सा र प्रहरी चौकी इनर्वाको संयुक्त टोलीले आज बिहान साढे तीन बजे वीरगंज महानगरपालिका–१६ बाइपास सडकमा कन्टेनर लोड गरिएको मिनीट्रक चेकजाँच गर्दा सोबाट ८५ किलो गाँजा बरामद भएको बताए । बसपार्कबाट रजतजयन्तीतर्फ गइरहेको उक्त मिनीट्रकमा लोड कन्टेनरभित्र सेतो प्लास्टिकले प्याक गरिएको चार पोकामा गाँजा बरामद भएको उनले बताए ।

बरामद गाँजा र मिनीट्रक तथा तीनजनालाई जिप्रकामा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताए ।

यसैगरी हिजो वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका एकजना वृद्धबाट सात किलो गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रवक्ता लम्सालले बताए । रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई शङ्कराचार्य गेटनजीक चेकजाँच गर्दा वृद्धले बोकेको झोलाबाट सो परिमाणको गाँजा बरामद भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here