हिजो भदईबहूको निधन भयो । आजभोलि उनी भीख मागेर गुजारा गर्थिन् । राति सुतेकी उनी बिहानैदेखि बाहिर देखिइनन् । खोजखबर गर्दा उनी मरिसकेकी थिइन् । दागबत्ती दिने पनि कोही थिएन । भदईका भाइ खिदइ किरियापुत्री बसे । मोगलानबाट फर्केपछि जबसम्म जीउमा जाँगर थियो, तबसम्म भदई र भदईबहू सुनर साहुको खेतमा काम गर्थे । एक दिन राति सुतेका भदई फेरि उठेनन् । तबदेखि भदईबहू कुमीनपुरवा गाउँमा भीख मागेर जीविकोपार्जन गरिरहिन् । जुन दिन भदई स्वर्गे भयो, त्यही दिनदेखि भदईबहू दुःखी देखिन्थिन् । नत्र उनको अनुहारको आत्मसन्तोषले सबैलाई आकर्षित गथ्र्यो । कति सहज र स्वाभाविकरूपले उनले जीवनलाई स्वीकार गरेकी थिइन् ? धन र इस्टेट गइसकेकोले उनीभित्र दुःख थिएन । यस सम्बन्धमा उनले असन्तोष र गुनासो प्रकट गरेको कसैले देखेन ।
गाउँमा ४०/५० बिघा जमीन भएकोलाई दौलत र स्टेटवाला भनिन्थ्यो । भदईबहू त्यही इस्टेटको मालिक्नी थिइन्स विधवा मालिक्नी । नाम थियो सतावरी सिंह । कुर्मीनपुरवा गाउँमा सात राजपूत परिवार थियो । तीमध्ये सबैभन्दा सम्पन्न परिवारको सतावरी सिंह बुहारी थिइन् । पर्दाले ती राजपूत सिंहिनीलाई बिच्छीले जस्तै डङ्क माथ्र्यो । १७ वर्षको उमेरमा पतिको मृत्युले उनीमाथि बज्रपात भयो । गौना गराएर आएपछि पति स्वर्गे भएका थिए । सतावरीलाई बुढेसकालमा पनि मानिस हेरेको हे¥यै हुन्थे । यस्तै बूढो शरीरलाई हेरेर सुमित्रानन्दन पन्तले लेखेका होलान्–
उसका लम्बा डिलडौल है,उसकी कैसी छाती चौडी ।
इस खण्डहर में बिजली सी उन्मत्त जवानी होगी दौडी ।
सुन्दरता त होइन, अब छाला लत्रिन थालेको छ । तर जीउ हेरेपछि मान्छे हेरि नै रहन्थे । बाफ रे बूढी भएपनि उसको शरीरको गठन कस्तो रहेछ ? पहिलो गर्भ तुहिएपछि अर्को सन्तान भएन । यसबारे जब रासबिहारी सोध्थ्यो, उनी रुन थाल्थिन् । रासबिहारीलाई जवाफ दिन्थिन्– यसै देहमा एक दिन पूरै जोवन आएको थियो । कस्तो सुन्दर र मधुर सङ्गीत हुन्छ जवानीको ? तर पतिको देहान्तपछि त्यो जवानी सुनसान भयो । कति अल्लारे युवकले मलाई बहकाउने कोशिश गरे ? कोही कसरी आपूmमाथि काबु पाओस् ? यस्तो यस्तो उत्तेजक शब्द र कर्मको प्रदर्शन गर्थे कि आपूmमाथि काबू पाउन हम्मे पथ्र्यो । तर जब आप्mनो हरुवालाई हेर्थें, उसको जब्बर काँधमा हलो हेर्थें, आपूmमाथि काबू पाउन असमर्थ हुन्थें ।
र एक दिन मेरै नन्दले मेरो कोठामा चारजना मान्छे पठाएर कोकोहोलो मचाउन थालिन्, तब म बेसहारा भएँ । नन्द जसजससँग लसपसिएकी थिइन्, तिनैलाई मेरो इज्जत लुट्न पठाएकी थिइन् । तिनीहरू मेरो इज्जत त के लुट्न सक्थे, तर जमानाको नजरमा मेरो इज्जत लुटियो । नन्द त यही चाहन्थिन् । मलाई इज्जत गर्ने मान्छेहरू ममाथि थुक्न थाले । सतवन्ती बन्छे, डुबुल्की लगाएर पोठिया माछा खान्छे, अब घाँटीमा सिंघी माछा अड्क्यो त मुखबाट बकार निस्कँदैन । म सुनेर बस्थें, आप्mनो कोही थिएन ।
एक दिन भदईले हिम्मत गरेर मसँग सोध्यो– जे सुनिन्छ, के त्यो सत्य हो मालिक्नी ? मलाई त विश्वास लाग्दैन । उसले उल्टो प्रश्न गरेकी थिइन्– किन भदई, तिमीले देखेनौ चारजना मेरो कोठाबाट भाग्दै गरेको ? फेरि आँसु झार्दै सोधिन्– के तिमीलाई पनि गाउँलेमाथि नै विश्वास छ, ममाथि छैन ? भदईले भन्यो– ना मल्किनी, मलाई तपाईंमाथि विश्वास छ । यत्रो दिनदेखि नमक–पानी खाइरहेको छु र देखिरहेको छु । तपाईंकी नन्द रामरति तपाईंलाई घरबाट निकाल्न चाहन्छिन् । गाउँभरिका तन्नेरीहरूसँग तपाईंलाई निकाल्ने त्रियाचरित्र रचिरहन्छिन् । उसको पति बिसम्मर नामर्द छ, उसमा राजपूतको रगत छैन । घरको एकमात्र सन्तान थिए, हजुरको पति । उनको मृत्युपछि बिसम्मर ससुराली आएर बसेको छ र नन्द इस्टेट आप्mनो बनाउने उपक्रममा लागेकी छन् ।
उनले भदईलाई भनिन्– भदई, म विचार गरिरहेकी छु । ती लुच्चाहरूको बारेमा जसले मलाई बदनाम गरे । तिमी जब काँधमा हलो लिएर हिंडेको देख्छु तब हेरिरहन मन लाग्छ । सोच्छु कि के मलाई यस जब्बर काँधको सहारा पाइन्छ ? जब दुनियाँ नै यस्तो छ भने किन यस काँधको सहारा नलिने ? भदईले आश्चर्यमिश्रित खुशीले उनलाई हेरिरह्यो । एक दिन गर्भ नै रहेपछि भागेर मोगलान जाने तय ग¥यौं । ठूलो विचारविमर्श गरेर त्यो पाइला उठाए । उनीहरूलाई कुनै पछुतो थिएन । यहाँ पनि गर्भ खेर गयो ।
भदईबहूको अनुहारको आत्मसन्तोषले सबैलाई आज पनि निरस्त्र गरिदिन्छ । भदई र भदईबहू ५० वर्षपछि गाउँ फर्केका थिए । बसै गाउँले तमाशा हेर्ने आएका थिए । दुवैलाई गाउँलेहरूले सम्मान साथ ठाउँ दिए । नेपोलियनको खन्जरले फ्रान्सको अजायबघरमा ससम्मान ठाउँ पाएजस्तै कुर्मिनपुरवामा उनीहरूले ठाउँ पाए । तर ठाउँ न पाएको एउटै ठाउँ थियो, भदईबहूले छोडेर गएको आप्mनै घर । भदईबहू मोगलान पसेपछि उनी नन्दको इच्छा पूरा भइसकेको थियो । अब त्यस घरमा नन्दको एकछत्र राज्य थियो । भदईबहूले कति सहजतापूर्वक दौलत त्याग गरेकी थिइन्, त्यो उनको अनुहारमा झल्कने सन्तोषले व्यक्त गरिरहेको थियो । त्यति बेला जब कसैले सोच्न पनि कठिन थियो, सतावरी सिंहको विद्रोह ५० वर्षपछि अनुकरणीय भएको थियो ।