‘देशभक्ति मर्दैन चुत्थै देश भएपनिु समले त्यसै लेखेका पनि होइनन् नि । आखिर देश भनेको मानचित्र मात्रै पनि होइन, देशसँग त मन, मुटु, मस्तिष्क सबै जोडिएरै आउँछ । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीु अर्थात् जन्मेको ठाउँ र जन्म दिने आमा विश्वका सबै ठाउँभन्दा ठूला हुन्, दुर्लभ हुन् भन्ने कुरो वास्तवमा अब कुरोमा मात्र ठूलो हुन थाल्यो । यसले जोडेको भावनासँग खेल्न खोज्ने देशका नेतृत्व भएपछि लोकको के लाग्छ । नागरिक नै बेच्ने, देशलाई लुछीलुछी घिच्नेले आफ्नो कर्तव्य र राष्ट्रप्रतिको दायित्व भुल्नेहरूले राष्ट्रवादको कुरो ग¥या पटक्कै नसुहाउने भन्या । विदेशी मालिकको चाकडीमा लाग्नेले नै राष्ट्रवादको भाषण गर्छ । दुःखको कुरो राष्ट्रवादका कुरामा ठूलाठूला डिङ हाँक्नेहरू नै बाहिरी पनि ढोंग मात्र देखाउँछन् । आफूलाई असल राष्ट्रवादी र अरूलाई कमसल भन्नेहरू पनि ठाउँठाउँमा आफ्नै कुरा काट्छन् आफूलाई राष्ट्रको नागरिक भएको गर्व होइन लज्जा अनुभव गर्नुपर्ने गरी हरे शिव, मूर्तिकै देश पो बनाए त…।
राष्ट्रवादीका नामका, कमसेकम जो अगुवा उही बाटो … भएपछि आशा कसरी गर्नु । त्यो पनि दोस्रो पुस्ताका लागि झन्झन् निराशा हुने कुरा गर्छन् । धाक र रवाफ देखाउनुपरे अर्काकै, राष्ट्रको बखान गर्नुपरे अर्काकै कुराकानी, अन्तर्वार्ता जे भएपनि परचक्रीकै, उदाहरण दिनु परे विदेशकै, अर्थ–उद्योग–वाणिज्यदेखि चलचित्रसमेत अर्काकै हेर्ने, अर्काकै राम्रो देख्ने अनि त्यसैलाई आफ्नो राष्ट्रबीच तुलना गरेर आफैंलाई खुम्च्याउने प्रवृत्ति पनि हाम्रै । अर्काको राम्रो र आफ्नो नराम्रो भन्ने अनि कसरी हुन्छ असल राष्ट्रवाद बुझ्नुपर्दैन भन्या । पुर्खाले यही भूमिका लागि प्राणका आहुति दिए, एक थोपा रगत रहेसम्म आफ्नो स्वतन्त्रता र स्वाभिमानको लागि लडिरहे । हाम्रो स्वार्थका लागि पराधीन चाहन्छौं, आफ्नो जीवनलाई सम्पन्न बनाउन अर्काकै चाकडी गर्छौं अनि कसरी बन्छ मुलुक । हामी सधैं अर्काकै लागि मिहिनेत गर्छौं बनाउने कुरोमा । आफ्नालागि चाहिं हात मोल्छौं, हात थाप्छौं, अनि त्यहाँ खोज्छौं, राष्ट्रियता । देशका दक्ष जनशक्ति हुन् कि अन्य, सबैलाई अर्काकै विकासले तानेको छ, अर्कैको सम्पन्नताले बानेको छ, अनि हाम्रोमा के छ र भन्ने पनि हामीहरू ।
हाम्रा शाखा सन्तानलाई अरूकोमा बाधा बनाउन कम्मर कस्ने पनि हामीहरू त्यस्ताका पनि असल राष्ट्रवादको कुरा चलेकै छ । शक्ति, बुद्धि र विवेक अर्कैको लगेर सुम्पेर आफ्नो चाहिं बनेन भन्नु पनि हाम्रो विद्वता नै हो । क्यारे देशले लाखौं खर्च गरेर उत्पादन गरेको दक्ष जनशक्ति देशका लागि सपना देख्छन् । यता भने काम गर्ने र गराउने वातावरण नै बन्दैन । निराश भएको युवा झोला बोकेर हुत्तिन्छ परदेश अनि नेतृत्व देख्छन् समृद्धको सपना काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरै । अनि देश योभन्दा भताभुङ्ग के गरेर हुन्छ । फुर्सदको समयमा दुई/चार जना जम्मा गरी राष्ट्रवादको गफ गर्नमा हामी माहिर छौं । अर्कैको राष्ट्रियताको सम्मान गर्छौं, यही समय राष्ट्रको उन्नतिका, भलाईका लागि खर्च गर्दैनौं, रुचाउँदैनौं । समाजसेवाका कुरा गर्नेहरू विनालाभमा डेग सर्दैनन्, कुनै सामाजिक काममा फुर्सद नभएको बहाना बनाउँछन् र गफ चुट्छन् । अनि उन्नतितर्फ बढेन भन्ने पनि तिनीहरू नै । बडा गजब छ हाम्रो संस्कृति । अर्काको उन्नतिको बखानले मात्र राष्ट्र बन्छ ? कदापि बन्ला त । अर्काको विकाससँग तुलना परिवर्तन हुन्छ ? हुनै सक्दैन । कत्रो जिम्मेवारीलाई नबुझ्ने, बुझे पनि बुझ पचाउने अनि हाम्रो उन्नति आफैंले गर्ने कि पाउ मोलेर हुने हो ? उन्नति कहिले हुन्छ कसले गरिदिन्छ ? आफू चाहिं कहाँ के लागि मरिमेट्ने अर्काकै पराधीनलाई गर्व गर्ने, आफ्नो चाहिं भएको पनि बिगार्ने, भत्काउने बाँदरे प्रवृत्ति देखाउने अनि आफैंलाई बिचरा भन्न पनि पछि नपर्ने द्वैध चरित्र भएपछि कसको के लाग्छ । कहिले सुध्रिएला हाम्रो मति । सहयोगी हातहरू जति धेरै भएपनि सहयोग लिनेले कहिले पाएँ नभन्ने । पाएको अवस्था पनि नदेखिएपछि दिनेले पनि कति मात्र देओस् डाक्टर, इन्जिनीयर, पाइलट जस्ता प्राविधिक पनि अर्काकै राष्ट्र बनाउनमा तयार शिक्षित वर्ग सबै अरूलाई नै श्रम, सीप बेच्ने अनि विकासको पूर्वाधार भएन, भताभुङ्ग भयो मात्र भनेर हुन्छ त !
बडो अचम्मको कुरो राष्ट्रले जननीले जन्माएको सपुत आफ्नै आङ कन्याएर छारो उडाउनेहरू कसरी बच्न सक्छन्, असल राष्ट्रवादी आफैंलाई गौरवान्वित महसूस गर्न नसक्ने अग्रजले राष्ट्रवादको के कुरा देलान् । कमसेकम राष्ट्रवादको गौर नगरे पनि राष्ट्रका बारेमा नमीठा नराम्रा कुरा नगर्दिए त हुन्थ्यो नि । त्यो पनि गर्न नसके के को सच्चा नागरिक, के को राष्ट्रवादी ? देशको सीमा मिचिन्छ, सदनमा कुर्लन्छौं, सडकमा चर्का नाराले उर्लन्छौं, तर त्यसका समाधानका
लागि केही गर्दैनौं केवल बहसका विषय बनाउँछौं, अनि लाज पचाएरै मिच्नेको आतिथ्य ग्रहणमा नाक फुलाउँछौं, हरे शिव चरित्रको के कुरा गर्नु अब ।
लाजै पचाएर आतिथ्य ग्रहण गरेर तलुवा चाट्नु पनि त विशेषतै भइसकेछ, आफ्नो स्वार्थका लागि । त्यहाँ कहाँ छ, राष्ट्रवाद ? खोज्न बत्ती नै बाल्नुपर्ला जस्तो भइसक्यो । जति राम्रो नीति नियम बनाए पनि विश्वकै उत्कृष्ट संविधान बनाए पनि हामी झन्झन् किन ? गरीब र अराजक । हुनत जहाँ कङ्गाल, त्यहाँ चण्डाल भन्छन् क्यारे । भोकले चेतनालाई उठ्नै दिंदैन । कतिसम्म निर्लज्ज भए नभएका कुरा गरेर ठूलो बन्नुपर्ने । नियम मिच्नुपर्ने, असहायलाई थिच्नुपर्ने, हुने नहुने सबै कुरा घिच्नुपर्ने ।
आफू समाजको गन्नेमान्ने भएको नाताले नीतिनियम मिच्छौं । आफ्ना सहकर्मीहरूलाई मिच्न लगाउँछौं, अनि कसरी बन्न सक्छ असल राष्ट्र ? कमसेकम देश बनाउन कसरत नगरे पनि बिगार्ने केही काम नगरे पनि हुन्थ्यो । हाम्रो बुद्धि विवेकको प्रयोग सही ठाउँमा गर्न सके भोलिको हाम्रो भविष्य अन्योल त हुँदैनथ्यो । देशप्रति सकारात्मक कुरा सिकाए पनि त असल राष्ट्र बन्न सक्छ नि खै चेत । त्यतिसम्म पनि गर्न नसक्ने हामीमा कहाँ छ असल राष्ट्रवाद ? हुने खानेको नाममा हामी हाम्रा सन्तानलाई विदेशप्रतिको मोह देखाउँछौं, उतै पु¥याउँछौं । अनि देशका सक्षम जनशक्ति सबै विदेशतिर पलायन हुन्छन् । सीपविहीन, दक्षताविहीन भएका हामीहरू फुर्सदको समय हावाखोरीमैं बिताउँछौं, अनि बन्छ ? के कसरी असल । बडा दुःखको कुरो हामीभित्रको अन्तर्घाती आत्मा अर्काको भलो देख्न नसक्ने मन, व्यक्तिभित्रको कुविचार, व्यक्तिवादी अनि फेरि हिजोको राष्ट्रभक्तिको उदाहरण दिने हामीहरू नै । हिजोका सपुतहरूको गुणगान गाउने हामीहरू मात्र आज फुइँ लगाएर कुरा गरिरहेका छौं, विचार र व्यवहारमा ठीक भिन्नता छ, असान्दर्भिकता देखाइरहेका छौं, राष्ट्रलाई दलदलमा फसाउनु नै हो राष्ट्रवाद समय फेरिएको हो या अर्थ, व्यक्ति, समाज बुझ्ने कसले ? आफूलाई निकम्मा घोषित गरेर के प्रमाणित गर्न खोजेको हो, लौन कसैले त सोध नेता भनेका बदमाश हो कि चोर, कि केही काम नलाग्ने मनस्थिति बिग्रेका नै नेता बन्ने योग्यता हो कि बढी कुरा गर्न सक्नु राष्ट्रवादीको ठूलै बिल्ला जेहोस् अब चोकचोकमा ऐना झुन्ड्याउनु नपर्ने पो भॉकै हो त ।