प्रस, पंचगावाँ, ५ मङसिर/
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले स्थानीय स्रोत साधनको दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा बुधवार आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्थानीयबाट उठाएको कर स्थानीयमा नै खर्चिनुपर्ने बताए ।

उनले वर्तमान सरकारमा भ्रष्टाचार मौलाएको, महँगीले आकाश छोएको आरोप लगाए । उनले देशबाट सामन्तीप्रथाको अन्त्य गरी लोकतन्त्रको रक्षा गर्ने बेला आएको बताए । भेला विनोद साहको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here