प्रस, वीरगंज, ५ मङ्सिर/
समाजवादी प्रेस सङ्गठन नेपाल पर्साको दोस्रो बैठक बुधवार वीरगंजमा सम्पन्न भएको छ । अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा बसेको बैठकले शाखा सदस्य स्व नरेश सर्राफको दोस्रो स्मृतिसभा गर्ने निर्णय गरेको छ ।
बैठकले स्व सर्राफको निधन भएको दिन मङ्सिर १५ गते दोस्रो स्मृतिसभा गर्ने र स्व नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय गरेको उपाध्यक्ष हरिशङ्कर शर्माले बताए । यस वर्षदेखि सो पुरस्कार वितरण गरिने र पुरस्कारको राशि रु २१ हजार रहने उनले बताए ।
बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य मनोज पटेललगायतको सहभागिता थियो ।