प्रस, वीरगंज, ५ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, बाराले मङ्सिर ४ र ५ गते गरी दुई दिनमा १३ जना फरार सूचीमा रहेका मानिसहरूलाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मङ्सिर ४ गते आठजना र मङ्सिर ५ गते पाँचजना फरार अपराधीलाई पक्राउ गरेर अदालतमा हाजिर गराएको बताए । जिप्रका मातहतका विभिन्न चौकीहरूमार्फत फरार सूचीमा रहेका १३ जना पक्राउ गरिएको उनले बताए ।

लागूऔषध, चेक अनादर, कुटपिट, डकैती, सवारी दुर्घटनामा अदालतबाट दण्ड सजाय भएपछि फरार सूचीमा रहेका निजगढ नपा–८ का माया गोले, बालकृष्ण थापा, इन्दिरा थापा, निजगढ नपा–९ का खड्गराज मैनाली, विश्रामपुर गापा–२ का अर्जुन यादव, परवानीपुर गापा–३ लिपनीमालका जयप्रकाश यादव र कलैया उपमहानगरपालिका–४ अदालतरोड बस्ने शिवमङ्गल रायलाई हिजो पक्राउ गरी अदालतमा हाजिर गराइएको बताए ।

यसैगरी, पचरौता नपा–७ बस्ने दीनानाथ सहनी, सिम्रौनगढ नपा–७ बस्ने नन्दकिशोर यादव, रूपेश पण्डित, महागढीमाई नपा–१ बस्ने सुरेश पण्डित, सिम्रौनगढ नपा–१० बस्ने नैनवा देवी गरी पाँचजनालाई बुधवार पक्राउ गरी आजै बारा जिल्ला अदालतमा हाजिर गराएको प्रवक्ता सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here