प्रस, पोखरिया, ४ मङ्सिर/
तिलगङ्गा सामुदायिक आँखा अस्पतालको आयोजनामा मङ्गलवार पटेर्वासुगौली गाउँपालिकाको गादीमा निश्शुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

शिविरमा १२९ पुरुष र १२५ महिला गरी २५४ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये ५१ जनामा मोतीबिन्दु फेला परेको छ । मोतीबिन्दु भएकाहरूको यही ७ गते शुक्रवार तिलगङ्गा सामुदायिक आँखा अस्पताल, निचुटामा निश्शुल्क शल्यक्रिया गरिने जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here