प्रस, वीरगंज, ३० कात्तिक/
समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत मधेस प्रदेशमा १३ नवजोडीको दाइजोरहित सामूहिक विवाह गराइएको छ । धनुषा जिल्लाको मिथिला नपा–२ बेलाचापीस्थित सतलोक आश्रममा ५११औं दिव्य धर्म यज्ञ दिवसको अवसरमा यही कात्तिक २९ देखि मङ्सिर १ गतेसम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको आज दोस्रो दिन शुक्रवार समाज सुधारका विविध कार्यक्रमहरू सम्पन्न गरिएको थियो ।

यस विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन नभएको र कुनै पक्षको एक रुपैयाँ पनि खर्च भएको छैन । आज मानवसेवाको भावना दर्शाउँदै सन्त रामपालजीका अनुयायीहरूले नेपाल रेडक्रस सोसाइटीलाई १६५ युनिट रक्तदान पनि गरेका छन् ।

कार्यक्रममा नेपाल प्रहरी मधेस प्रदेशका डिआइजीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरू,
विभिन्न नपाका प्रमुखहरूलगायत गणमान्य व्यक्तित्वहरूको सहभागिता थियो ।

विशाल भण्डारामा शुद्ध घ्यूमा बनेका मिठाइ प्रसादका साथै साŒिवक भोजनको व्यवस्था गरिएको थियो ।

जुनसुकै धर्मावलम्बीका व्यक्ति कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङख््यामा श्रद्धालु आए पनि सबैलाई निश्शुल्क भोजन गराइने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here