• डा शिवशङ्कर यादव

“बसतपुुर जाने बाटो कुुन हो ?”– बटुुवा
“कुुन बसतपुुर”– ग्रामीण
“करीम देवानको बसतपुुर ।”

“यही गोरेटे भएर जानुुस् । जुुन पहिलो गाउँ आउँछ, त्यही करीम देवानको बसतपुुर हो ।”

जिउँदोमा करीम देवान आप्mनो गाउँको पहिचान थिए । मरेपछि किंवदन्ती बने । यो कहानी तिनै करीम देवानको हो ।

करीम किशोरकालमा सिकन्दर फिल्म हेरेर आए । फिल्ममा सोहराब मोदीको व्यक्तित्व र अभिनय देखेर यति प्रभावित भए कि आपूm पनि अभिनय गर्ने अठोट लिए । सिनेमा र थिएटरमा जान सक्दैनथे । त्यो नौटङ्की र बाईजानको जमाना थियो । नौटङ्की मेलाठेला लाग्दा बोलाइन्थ्यो । ठूलाबडाको बिहेमा बाईजानलाई बोलाइन्थ्यो । मध्यमवर्गमा नाच र निम्नवर्गमा गोढनच प्रसिद्ध थियो । करीमले भिखारी ठाकुुरको नाचको धेरै प्रसिद्धि सुनेका थिए ।

एक दिन भिखारी ठाकुरको नाच हेरेर आए । त्यहाँको मानिसको भीड र नाचले करीमलाई मोहित बनायो । अब उनले नाचमा अभिनय गर्ने मनसाय बनाए ।

करीम बिस्तारै जवान भए । गठिलो, लामो र लालभभुुका, ठीक सिकन्दर बनेका सोहराब मोदीजस्तो । अब उनी नाचमण्डली गठन गर्ने उद्यममा लागे । मनोयोगले गरेको उद्देश्यपूर्तिमा बाधा आए पनि आफैं हट्दै गयो । छिमेकी गाउँका गोवर्धन र इसराइललाई जोकरको प्रशिक्षण दिइयो । गाउँमा गाजर महरा सारङ्गीमा पारङ्गत र मखु महरा तबलामा निपुण थिए । किशोर रामायण, आशिम, मुुखी, मोबारक र बलदेवलाई स्त्रीपात्र बनाइयो । भिखारी यादव सहायक अभिनेता र स्वयम् करीम अभिनेता बने । यसरी त्यस समूहको नाचमण्डली बिस्तारै प्रसिद्ध बन्दै गयो ।

त्यति बेला सिनेमाको निकै बोलवाला थियो । टाढाटाढासम्म गएर उनी सिनेमा हेर्थे । फर्केर त्यसैका गाना, नाच प्रस्तुुत गर्थे । केही गाना करीम आफैं पनि बनाउँथे । बिस्तारै करीम देवानको नाच यति प्रसिद्ध भयो कि इलाकामा नम्बर एक र सर्वाधिक महँगो नाच बन्यो । बिहेमा केटापक्षले करीम देवानको नाच चाहियो भनेर केटीपक्षलाई बाध्य पार्थे । नाचको आकर्षण करीम देवान त थिए नै, तर बाँकी अन्य पनि कम थिएनन् । मुखी जब असराङ्ग (स्त्रीपात्र) बनेर आउँथ्यो, तब केटी हो कि केटा छुुट्याउनै मुश्किल पथ्र्यो । सबै असराङ्ग जब एकसाथ सरस्वती वन्दना गर्थे, तब सिनेमालाई पनि माथ गर्थे । गोवर्धन र इजराइलको जोकर जोडी शामियानामा प्रवेश गर्दा हाँसोको फुहारा छुुट्थ्यो । गोवर्धन सिनियर थियो । ऊ ‘बोल्यो कि हाँसो फुट्यो’ भन्ने उखानै थियो । आपूm रत्ती नहाँस्ने तर अरूलाई हँसाएर लोटपोट पारिदिने शक्ति थियो उसमा ।
सबैभन्दा बढी प्रतीक्ष्Fा अभिनेता करीम देवानको हुुन्थ्यो । ऊ आयो कि शामियाना थपडीले गुञ्जायमान हुुन्थ्यो । लैला–लैलाको तान जब करीम छाड्थे, अर्को गाउँसम्म सुनिन्थ्यो । उनको तानले महिलाहरू मोहित हुुन्थे । महिलाको यही मोह एक दिन करीम देवानको काल बन्यो ।

एक दिन उनको मण्डली गौनाहामा नाच्न गयो । करीमको तानले त्यहाँकी एउटी युवती यति प्रभावित र मोहित भइन् कि करीमको चाहनामा व्यग्र हुन थालिन् । नाच खत्म भयो । अरू कलाकारका लागि छुट्टै र करीम देवान एक्लैको लागि छुट्टै राउटीको इन्तजाम हुुन्थ्यो । करीमको राउटी ठम्याएर ती युवती राउटीमा पसिन् र प्रणय निवेदन गर्न थालिन् । करीम देवान लङ्गौटीका पक्का थिए । शायद उनको नाचको प्रसिद्धिको त्यो पनि कारण थियो । करीमले इन्कार गरेपछि ती युवती घाइते बनेर फर्किन् ।

नाचबाट फर्केर आएपछि करीमलाई ज्वरोले चाप्यो । तेस्रो दिन प्राण पखेरु उड्यो । गाउँमा कोहराम मच्यो । त्यस्तो नौजवानको एक्कासि कसरी मृत्यु भयो ? उनको ख्यातिले गाउँको नाम नै करीम देवानको गाउँ भएको थियो ।

उनको मृत्युबारे थरीथरीका अडकल सुनिन्थ्यो । कोही भन्थ्यो करीमको राउटीमा जुन महिला पसेकी थिई, ऊ डायन थिई । करीमले प्रणय निमन्त्रण नमानेपछि ‘कारन’ गरेर मारिदिई । कोही भन्थ्यो राउटीमा गएकी युवती चुुडेल थिई । प्रणय निवेदन मान्ने नमान्ने कुरासँग उसलाई कुनै मतलब थिएन । उसले करीमलाई खानु थियो खाई । कोही भन्थ्यो गौनाहा गाउँमा आफैं एउटा नाचमण्डली थियो । त्यहाँको नाचको ख्यातिमा करीम बाधक बनेको थियो । यही कारण करीमको खानामा विष मिलाएर करीमलाई बाटोबाट हटाइयो । तर गाउँका पढेलेखेका एकजना नौजवानले भने जुन दहीचिउरा नाचमण्डलीलाई खान दिइयो, त्यो सङ्क्रमित थियो । तर नौजवानको कुरा पत्याउन गा¥हो थियो । त्यो खाना त पूरैै मण्डलीले खाएको थियो । तर जो पनि बटुुवा कब्रगाहको बाटो भएर हिंड्थ्यो , फर्केर आएर यही भन्थ्यो कि करीमको कब्रबाट हँुहुँ गरेको आवाज आइरहेको छ ।

करीम कहिले अखडा गएनन् । तर जब कसैले जोडी नपाएर ललकाथ्र्यो करीम ताल ठोकेर भिड्थे र घमण्डी पहलवानलाई धूलो चटाएर फर्कन्थे । जब गोपीचनको छतुअनको रूखमुनि अल्हाको तान छोड्थे, तब वरिपरिका गाउँले जम्मा हुन थाल्थे । भिखारी राउतको दलानमा प्रत्येक मङ्गलवार र शनिवार रामायण पढेर कीर्तन हुन्थ्यो । करीम त्यसमा नबिराइ रामायण गाउन आउँथे । रामायणका चौपाईलाई करीम भजन बनाउन यति माहिर थिए मानौं रामायण कण्ठ छ । यस्ता थिए करीम देवान ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here