• बैधनाथ श्रमजीवी

छठ पर्वको लोकप्रियता बढेसँगै यति बेला यो पर्व कसको हो भन्ने बहस चर्चामा आएको देखिन्छ । यतिबेला आपूmलाई सनातनी भन्ने एकथरीले यो सनातन पर्व हो भन्दैछन् भने केही बुद्ध भिक्षुहरूले यो बौद्धिष्ट पर्व हो भनेर भनिरहेका छन् । वास्तवमा छठ पर्व कतातिरबाट आएको हो त ?

यो सनातनीहरूले भनेजस्तै कुरुक्षेत्र र पञ्चालतिरबाट आएको हो ? अथवा बौधिष्टहरूले भन्ने गरेको साकेत, कुशीनगर, सारनाथ क्षेत्रतिरबाट आएको हो ।

छठ पर्व प्राचीन समयदेखि भारतको बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेश, र नेपालको तराई क्षेत्रमा मनाइँदै आएको छ । यस पर्वलाई यी क्षेत्रहरूको मौलिक परम्परा मानिन्छ । यदि सनातनी पर्व भएको भए कुरुक्षेत्र र पञ्चालतिर पनि मनाएको देखिन्थ्यो । तर त्यसो छैन । ठीक उल्टो जुन क्षेत्रमा यो देखियो त्यो वास्तवमा बुद्धिष्टहरूकै प्रभावित क्षेत्र हो ।

धेरै पुराना किंवदन्ती र कथाहरू अनुसार, छठ पर्वको उत्पत्ति महाभारत कालसँग जोडिएको छ । कथन अनुसार, द्रौपदी र पाण्डवहरूले कष्टमा परेका बेला सूर्य देवताको आराधना गरेपछि उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आएको थियो । यसैगरी, अर्को किंबदन्ती अनुसार राजा राम सीतासहित अयोध्या फर्केपछि सूर्य देवताको पूजा गरेका थिए, जसलाई छठ पूजा मानिएको छ । जस्तो कि हामीलाई थाहा छ महाभारत द्वापर युगको कुरा हो भने राम त्रेता युगका हुन् । जबकि बुद्ध आजभन्दा २६०० वर्ष पहिले भएका थिए ।

छठ पर्वको मुख्य पक्ष बौद्ध धर्मका अनुयायी र परम्पराहरूसँग जोडिएको देखिन्छ जसले गर्दा छठ पर्व बुद्धधर्मबाटै आएको हो भन्न सकिन्छ । जस्तो कि –

१. प्रकृति पूजा र ध्यान :
बौद्ध धर्ममा ध्यान र प्रकृति पूजा, विशेषगरी बोधिवृक्षको, महŒवपूर्ण छ । छठ पर्वमा पनि सूर्यको आराधना गर्दै शुद्ध मन र तनले ध्यान गरिन्छ । यो बौद्ध परम्पराको शान्तिपूर्ण ध्यान र प्रकृतिप्रति सम्मानसँग मिल्दोजुल्दो छ ।

२. पानीको महŒव :
बौद्धधर्ममा पवित्र नदी र जलाशयहरूमा स्नान गर्नु शुद्धीकरणको माध्यम मानिन्छ । छठपर्वमा पनि नदी वा तलाउमा स्नान गरेर पूजा शुरू हुन्छ, जुन कुरा आत्मशुद्धिको बौद्धिक दर्शनसँग सम्बन्धित छ भन्ने कुरा सजिलै देख्न सकिन्छ ।

३. व्रतधारण :
छठ पर्वमा व्रत बस्ने प्रचलन छ, जसले आत्मनियन्त्रणको आवश्यकता जनाउँछ । यसरी व्रतधारण गर्ने चलन बौद्ध धर्ममा साधनाको रूप हो, जहाँ आत्मसंयम र त्यागलाई उच्च महŒव दिइन्छ । छठमा पनि व्रतलाई उच्च महŒव दिएको देखिन्छ ।

४. अहिंसाको सिद्धान्त :
छठ पर्वमा माछा, मासु, प्याज, लसुन जस्ता वस्तुहरूको सेवन निषेध गरिएको हुन्छ । बौद्ध धर्ममा पनि अहिंसालाई प्रमुख मानिन्छ, जसले गर्दा यस पर्वमा पालन गरिने अहिंसात्मक आचरण बौद्ध दर्शनसँग मिल्दोजुल्दो देखिन्छ ।

५. परम्परागत गीत र मन्त्र :
छठ पर्वमा परम्परागत गीत र मन्त्र गाउने चलन छ, जसले मानव र प्रकृतिबीचको सम्बन्धलाई व्यक्त गर्छ । बौद्ध धर्ममा पनि मन्त्रको प्रयोग गरिन्छ, जसले ध्यान र आन्तरिक शान्तिको अनुभूति गराउँछ ।

६. सूर्य आराधना :
छठ पर्व सूर्य देवताको पूजा हो, जसलाई साक्षात् जीवनको प्रतीक मानिन्छ । बौद्ध धर्ममा पनि प्रकृति र जीवनको महŒवलाई मान्यता दिइएको छ, जहाँ प्रकाश र ऊर्जा सकारात्मकताको प्रतीक मानिन्छ ।

७. शुद्धीकरणको प्रक्रिया :
छठ पर्वमा शुद्धीकरणलाई प्रमुख मानिन्छ र विभिन्न विधिहरू पूरा गरिन्छ । बौद्ध धर्ममा पनि शुद्ध हृदय र आत्माको महŒव छ, जहाँ आचरण र विश्वासलाई शुद्धीकरणको माध्यम मानिन्छ ।

८. धर्म र समाजको सम्बन्ध :
छठ सामाजिक पर्व हो, जसले परिवार र समाजलाई जोड्छ । बौद्ध धर्मले पनि परोपकार, सेवा र समाजप्रतिको दायित्वलाई उच्च मान्यता दिन्छ, जसले समाजमा एकता र सहयोगको भावना बढाउँछ ।

९. ध्यानको अभ्यास :
छठ पर्वमा सूर्यलाई अघ्र्य दिंदा मानिसहरू मौन रहन्छन् र ध्यानमा मग्न हुन्छन् । बौद्ध धर्मको ध्यान परम्परासँग यस मौनताको अभ्यास जोडिएको देख्न सकिन्छ, जसले मन र आत्माको एकाग्रता कायम राख्न मदत गर्दछ ।

१०. समर्पण र त्याग :
छठ पर्वमा व्रतालुहरूले भोक र प्यासको सामना गर्दै पूजा गर्छन् । बौद्ध धर्ममा पनि त्यागको महŒव छ, जसले इच्छाहरूलाई नियन्त्रणमा राख्न मदत गर्दछ ।

यसरी छठ पर्व बौद्ध धर्मबाट आएको देखिए पनि वर्तमानमा यो धारणा अलि कमजोर देखिन्छ । यतिबेला यो सनातनबाट आएको हो भन्ने धारणा बलियो देखिन्छ । छठ पर्व हिन्दू सनातन धर्मसँग गहिरो सम्बन्धित छ र यसलाई प्रमुखतया सूर्य उपासना र प्रकृतिपूजाको पर्वको रूपमा मनाइन्छ । यस पर्वका विशेषताहरूले हिन्दू सनातन परम्पराका आधारभूत तŒवहरूलाई समेट्दछ ।

१. सूर्य देवताको पूजा :
हिन्दू सनातन धर्ममा सूर्यलाई मुख्य देवता मानिन्छ, र सूर्य उपासना वैदिक परम्परा हो । छठ पर्वमा श्रद्धालुहरूले उदाउँदो र अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिने चलन छ, जसले सूर्य देवताप्रति श्रद्धा र आभार प्रकट हुन्छ ।

२. ऋतुचक्र र प्रकृति पूजा :
हिन्दू धर्मले प्रकृति र ऋतुचक्रको महŒवलाई विशेष स्थान दिएको छ । छठ पर्व प्रकृतिप्रति आभार व्यक्त गर्ने पर्व हो, जसमा जल, पृथ्वी, सूर्य र अन्य प्राकृतिक तŒवहरूको आराधना गरिन्छ । यो हिन्दू परम्परामा रहेको प्रकृति पूजा र पर्यावरणप्रतिको आदर भावसँग मेल खान्छ।

३. व्रत र तपस्या :
छठ पर्वमा श्रद्धालुहरू कडा व्रत र उपवास गर्छन् । यो व्रतधारण हिन्दू परम्परामा रहेको आत्मसंयम, तपस्या, र आस्थाको प्रतीक हो, जुन शारीरिक र मानसिक शुद्धीकरणको माध्यम मानिन्छ ।

४. परिवार र समाजप्रति समर्पण :
छठ पर्वले परिवार र समाजलाई जोड्न मदत गर्छ, जसले हिन्दू सनातन परम्परामा रहेको पारिवारिक, सामाजिक एकता र सहयोगको भावना अभिव्यक्त गर्छ । यो पर्वमा परिवारका सबै सदस्य सँगै मिलेर पूजा गर्छन्, जसले परिवारमा प्रेम र सामूहिक भावना बढाउँछ ।

५. अहिंसात्मक साŒिवक आचरण :
छठ पर्वमा प्याज, लसुन, माछा, मासु र अन्य तामसिक भोजन निषेध हुन्छ, जसले हिन्दू धर्ममा रहेको साŒिवक जीवनशैलीको परम्परालाई दर्शाउँछ । यो पर्व शुद्ध साŒिवक भोजन गरेर सम्पन्न गरिन्छ । यसमा कुनै प्रकारको मारकाट बलि वा हिंसा गरिंदैन ।

६. पवित्र नदीहरूमा स्नान :
हिन्दू सनातन धर्ममा पवित्र नदीमा स्नान गर्ने चलन छ, जसलाई शुद्धीकरणको प्रतीक मानिन्छ । छठ पर्वमा नदी, पोखरी, र तलाउमा स्नान गरेर पूजा गरिन्छ, जसले पवित्रता र आत्मशुद्धीको अवधारणालाई प्रतिविम्बित गर्छ ।

७. वैदिक परम्परा र मन्त्रोच्चारण :
छठ पर्वमा वैदिक परम्परामा आधारित सूर्यको महिमा वर्णन गर्ने गीत र मन्त्रहरू गाइन्छ । हिन्दू सनातन धर्ममा मन्त्रहरूको विशेष महŒव छ, जसा ऊर्जा, ध्यान र एकाग्रताको माध्यम मानिन्छ ।

८. धार्मिक कथाहरू र मिथकहरू :
छठ पर्वसँग जोडिएका धेरै धार्मिक कथाहरू छन्, जस्तै–द्रौपदी र पाण्डवहरूले सूर्यको पूजा गरेको कथा, जसले यसलाई हिन्दू पुराण, महाभारत र रामायणसँग जोड्छ । यसरी छठ पर्वलाई हिन्दू धर्मग्रन्थहरूका कथाहरूबाट उत्पन्न एक परम्पराको रूपमा पनि हेरिन्छ ।

९. सामूहिक पूजा र धार्मिक उत्सव :
छठ ठूलो सामूहिक उत्सवको रूपमा मनाइन्छ, जहाँ श्रद्धालुहरू नदी वा तलाउको किनारमा भेला भएर पूजा गर्छन् । हिन्दू सनातन धर्ममा धार्मिक मेला र सामूहिक पूजाहरूको महŒवपूर्ण स्थान छ, जसले भक्तहरूलाई एक साथ ल्याउँछ ।

१०. धार्मिक तथा सांस्कृतिक पहिचान :
छठ हिन्दूहरूको धार्मिक पहिचान र सांस्कृतिक परम्पराको प्रतीक मानिन्छ । यो पर्वले हिन्दू सनातन परम्परामा रहेको सूर्य, प्रकृति र परिवारप्रतिको श्रद्धा र आस्थालाई पुनःपुष्टि गर्छ ।

छठ पर्व बुद्ध धर्म वा सनातन धर्मबाट आएको भएपनि यसमा अरू चाडपर्व जस्तो हिंसात्मक कुरा देखिंदैन । यसमा कुनै वर्गविशेषले व्रतालुहरूलाई ठगेको पनि देखिंदैन । तर केही यस्ता मान्यता–भुइँमा सुतेर छटघाटसम्म पुग्ने भखौती हास्यास्पद लाग्दछ । हिजोआज छठमा पनि डिजेर डिस्कोको गीतहरूको प्रयोग बढ्दै गइरहेको छ । जो सबैको लागि श्रव्यसाध्य हुँदैन । साथै पट्का पड्काइनुले थुप्रै दुर्घटना हुने गरेको छ । यसतर्फ सजग हुन जरुरी छ । छठको अवसर पारेर चिठा खोल्ने कार्यक्रमद्वारा समेत उपभोक्ताको थोरै रकम भएपनि लुटिने गरेकोमा यसतर्फ पनि सरोकारवालाहरूले ध्यान दिन जरुरी छ । मनौती–भखौती निश्चितरूपमा अन्धविश्वास हो भन्ने कुरा व्रर्तालुहरूले बुझ्न अब ढिला गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here