प्रस, वीरगंज, २९ कात्तिक/रासस
विश्व मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा पाँच महिलासहित ५७ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा डा गुरुप्रसाद मैनाली, काजलकुमारी गुप्ता, सुधा कुमारी, सुरेश साह तेली, कुशल सुवेदी, डा सञ्जय साह, अर्शद आलम, जितेशचन्द्र दास, डा सरोजप्रसाद डिओलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । कार्यक्रममा अभिलाष गुप्ता, कृष्ण निराला, विनेश चौधरी, नीरज चौधरीलगायतले प्राविधिक सहयोग गरेका थिए ।

कलेजका प्रबन्ध निर्देशक शाहनबाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा केएन सिंह, डा इसरत जहान, आबिद हुसैनलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here