प्रस, वीरगंज, २८ कात्तिक/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भीड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् ।

कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवाप्रवाहमा समस्या आइरहेको गुनासा बढेपछि मन्त्री गुप्ताले सेवाग्राहीको भीड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने गरी व्यवस्था शुरू भएको बताएका छन् ।

तीनै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले दरबन्दी र आवश्यकता अनुसार कर्मचारी पूर्ति गर्न नसकिएको उनले बताए । यद्यपि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग भइरहेको उनले बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी माग गरेका कुनै पनि कार्यालयमा मन्त्रालयमा भएकै कर्मचारीको व्यवस्था गरी अधिक भीड हुने कार्यालयहरू जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानी विभागलगायतमा पठाउने गरेको मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुप्ताले बताए । उनले तीनवटै तहमा दरबन्दी अनुसार कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न नसकिएको बताए । त्यसका लागि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका (सहसचिव र उपसचिव) पदका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको बताए ।

मन्त्रालयले अहिले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सङ्गठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्षरूपमा परिवर्तन गर्दै लगेको उनले बताए ।

सङ्घीय मन्त्रालय र कार्यालयमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरी समग्रमा सङ्घीय कार्यालयमा २१० वटा दरबन्दी कटौती गरिएको जानकारी मन्त्री गुप्ताले दिए ।

यस्तै, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पु¥याउने गरी २५ जना सहसचिवलाई तालीम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here