नरेश यादव, पर्सागढी, २८ कात्तिक/
पर्सागढी नगरपालिका–३ स्थित मिनी रङ्गशालामा बिरुवागुठी युथ क्लबद्वारा सञ्चालित प्रथम बिरुवागुठी नकआउट फूटबल प्रतियोगिताको सेमिफाइनल खेलमा रतनपुर युनाइटेडलाई पराजित गर्दै सिमरा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

बुधवार पहिलो सेमिफाइनलमा रतनपुर र सिमराबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सम्पन्न भएपछि टाइबे्रकरबाट निर्णय गरिएको सूचना प्रमुख कृष्णप्रसाद शर्माले बताए ।

उनले टाइब्रेकरमा रतनपुर युनाइटेडले चार र सिमरा युनाइटेडले पाँच गोल गरेका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ सिमराका युनेस चौधरी घोषित भए । उनलाई आयोजक कमिटीका उपाध्यक्ष सोमी पाख्रिन र समाजसेवी मीनबहादुर भण्डारीले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

भोलि बिहीवार अन्तिम सेमिफाइलन खेल आयोजक बिरुवागुठी युथ क्लब बडनिहार र नमोबुद्ध युवा क्लब झबराहाबीच हुने सूचना प्रमुख शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here