प्रस, निजगढ, २७ कात्तिक/
मधेस प्रदेशका आठ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुुषा, सिराहा, सप्तरीबाट बर्सेनि डेढ लाखभन्दा बढी युवाहरू विदेशिने गरेका छन् ।

मङ्गलवार बाराको कोल्हवीमा रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूलाई दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम तथा गोष्ठीको उद्घाटन गर्दै सांसद अच्युत मैनालीले मधेस प्रदेशबाट मात्रै बर्सेनि डेढ लाख युवा विदेशिने गरेको बताए ।

युुवाहरू विदेशिने क्रम राज्यले रोक्न नसके गाउँबस्तीमा युुवाहरूको अभाव हुने बताउँदै उनले स्वदेशमा नै रोजगारको अवस्था सिर्जना गर्नुपर्ने बताए । पालिकाहरूबाट बर्सेनि कति सङ्ख्यामा युवाहरू विदेशिएका छन् सोको यकीन तथ्याङ्क नरहेको बताउँदै बाहिरिने युवाहरूलाई स्वदेशमा तालीम दिई स्वरोजगारको वातावरण बनाउनुपर्ने बताए । बाध्यतावश विदेशिने क्रम बढेको र सरकार विप्रेषणमा मक्ख परेको भन्दै उनले यसतर्फ समयमा विचार पु¥याउनुपर्ने बताए । ऋण, सापटी लिएर विदेशिने युवाहरूमध्ये अधिकांश विदेशमा पीडादायी जीवन व्यतीत गरिरहेका र यसबाट दोहोरो समस्या सृजना भएकोले सरकारले दक्ष जनशक्ति तयार गरेर मात्र विदेश पठाउनुपर्ने सुझाए ।

नेपाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले विदेशिनुु अघि मानसिकरूपमा तयार भई दक्ष सीप लिएर मात्र जान सुुझाए । कुन विषयको रोजगारका लागि विदेशिने हो, त्यस विषयमा ज्ञान, सीप हासिल गरी दक्ष भई विदेशिंदा अपनाउनुपर्ने सावधानीका उपायको अग्रिम जानकारी लिएर जानेहरूले दुःख–कष्ट बेहोर्नु नपर्ने सम्भावना रहने बताए ।

गोष्ठीमा बारा, पर्सा, रौतहटका ४८ स्थानीय पालिकाबाट ४८ जना कर्मचारी सहभागी थिए । उनीहरूलाई टीकाराम ढकाल, कल्पना रेग्मी, ऋषिराम पाण्डे, गोविन्दप्रसाद हुमागाईं, अङ्केश्वर झा, डा द्वारिका उप्रेती, सिमन न्यौपानेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण कल्पना रेग्मीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here